Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

छोराको प्राण बचाईदिन अनुरोध

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ मा स्थायी बसोबास भएका सुमन विकको परिवार आज भन्दा दुई वर्ष अगाडि निकै खुसी देखिन्थ्यो । झट्ट हेर्दा २५ वर्षिय जस्तै देखिने सुमन पहिलो सन्तानको बाबु बन्न पाएकोमा खुसी थिए भने उनकी श्रीमती बिनुले पनि प्रसव पीडालाई भूलेर बच्चा काखमा खेलाइ रहेकी थिइन ।

तर आज झण्डै दुई वर्ष पुग्दा नपुग्दै उनको पहिलो सन्तान समिर बिकको मृगौलामा समस्या देखियो । सुमनले बच्चाको उपचारको लागि सुर्खेतदेखि नेपालगञ्च हुँदै काठमाडौँको कान्ति बाल अस्पतालसम्म पु¥याए ।

करिब २ महिनाको उपचारमा उनीहरुले छोरालाई सञ्चो गराउनका लागि भएको सबै आफ्नो जेथा समाप्त पारे तर पनि अझैँ बच्चा सञ्चो नभएपछि अस्पतालमै बस्नु पर्ने अवस्थाको सिर्जना भयो तर पैसा नभएकोले अस्पतालले निकालि दिएपछि उनीहरु सुर्खेत घरमा आइपुगेका छन् ।

आफ्नो बच्चाको प्राणको रक्षा गरिदिनका लागि सुमनको परिवार सहयोगको लागि धेरै ठाउँमा पुग्यो । तर आवश्यकता अनुसार सहयोग जुट्न नसकेपछि उनीहरु बिरामी छोराको अनुहारमा हेर्दै बसेका छन् । आम संघसंस्था, बुद्धिजीवि, व्यवसायी, उद्यमीहरुसँग उपचार खर्चको लागि सहयोग गरिदिन अपिल गरेका छन् ।