Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

व्यङ्ग्य – घ्वाच्च घोच्यो – संखदास

पिरलो भो पिरलो भो सारै पिरलो भो । यता नेता, कार्यकर्ताहरु खुसी भएका बेला उता राष्ट्रको चौथो अंग भनिने पतरकारलाई पिरलो भो । देशले परधान मन्त्री पायो । तर पतरकारले बुझ्ने भाषा बोल्न नसक्ने परधान मन्त्री पाएकोले पतरकारलाई पिरलो भएको छ रे । होइन यिनलाई पनि किन पिरोलिनु परेको नि । जे आउनुछ उताबाट आइहाल्छ नि । अब त उत्तरतिरका भन्दा दक्षिणतिरका कुरा धेरै सुन्ने परधान मन्त्री पाएको छ देशले ए पतरकार हो ‘खुस हो न लेकिन भाषा र बोलि भन्दा काम र दामको न कुरा छ’ । लु खतम ।

हिजो आफैले प्रस्ताव गरेका वरधान मन्त्री केपी ओलीलाई परचण्डले आफैले अविश्वासको प्रस्ताव दर्ता गरेर रुवाउँदै रुवाउँदै वरधान मन्त्रीको कुर्सीबाट पर पु¥याएको समाचार सेलाउन नपाउँदै फेसर उनैले कुरा चपाउँदै परधान मन्त्रीमा प्रस्ताव गरे । मन्त्री पदले कहिल्यै नअघाएका हारबहादुरलाई जितेर विजयकुमार बनेका फोरम फोरम भन्दै फोर्ने नेता र सधैँभरी जितेर पनि हारेको हारेइ गर्ने कहिले पार्टीमा हार्ने, कहिले परधान मन्त्रीमा हार्ने कहिले वरधान मन्त्रीमा हार्ने तर अलि अलि बोलि बुझिने नेता ज्यू ले समर्थन गरेर कुनै दिन देश र जनताको लागि असक्षम घोषणा भएका सक्षम नेता ४० औँ परधान मन्त्रीको रुपमा चौथो पटक पदासिन हुँदा परचण्डको राजनीतिक इमान्दारिता भने झल्किएकै हो । लु खतम ।

तिम्रा बोली नबुझिए पनि जनताका काम गर्ने हात खुला भएपछि पुग्छ अरे । परचण्ड त सारै नै बाठा छन् पीठो सित चामल पो साट्दछन् भन्ने गीत चरितार्थ हुँदै छ कि क्या हो जस्तो लाग्यो है यो हरिलठ्ठकलाई । किनकी पहिले पनि देउवा असक्षम भएकै हुन फेरी पनि तीन वटा चुनाप ८ महिना भित्र गराउनु छ । त्यो सके देउवाले नै गराउन सक्दैन गराइहाल्न खोजे भने पनि परचण्डले ट्याँ ट्याँ टु टु गर्न खोज्छन् नभए ओलीले हावामा उठाउछन् । त्यसपछि फेरि असक्षम भए भने देउवा होइन सत्ता परचण्डलाई देउ बा हुन्छन् । नभए ओलीको बोलि र परचण्डको गोली एकै साथ निस्कियो भने देउ बा होइन लेउ बा के को लेउ बा लैजाउ बा लैजाउ भन्दै फेरि आरजु भाउजुको आइएनजीओ तिर कुद्छन् भनेर काङरेसीले नै भनेर सुनेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ