Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

नसर्ने रोगबारे पत्रकारसँग अन्तरक्रिया

२६ जेठ २०७४
सुर्खेत ।

सञ्चार विकास तथा अनुसन्धान केन्द्र काठमाडौंँ र जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वयनमा सुर्खेतका पत्रकारहरुसँग नसर्ने रोगहरुको बारेमा एक अन्तरक्रिया कार्यक्रम भएको छ ।


अन्तरक्रिया कार्यक्रममा डा. सञ्जय कुमार जैशवालले नसर्ने रोगहरुको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँका अनुसार नसर्ने रोगका कारण धेरै व्यक्तिको अल्पायूमै मृत्यु हुने गर्दछ भने नसर्ने रोगका कारण ठूलो धनराशी समेत खर्च हुने गर्दछ । सामान्यतया मुटु तथा रक्तनली, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मस्तिष्कघात लगायतका रोगहरुले ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्याँङ्क छ । बढि तौल हुनु, रगतमा ग्लुकोजको मात्रा बढ्नु, मोटोपना बढ्नु जस्ता लक्षणहरुबाट हुने हुने नसर्ने रोगहरुले विस्तारै असर गर्ने र नञ्चो नहुने अवस्थामा पुगेपछि बल्ल बाहिर देखिने भएकोले पनि नसर्ने रोग डरलाग्दो अवस्थामा रहेको पाइएको छ ।

सन्तुलित भोजन, मद्य तथा धुम्रपानबाट टाढा, शारीरिक व्यायम एवम् नियमित स्वास्थ्य परिक्षण गराउन सकेको खण्डमा नसर्ने रोगबाट बच्न सकिन्छ । हामीले खाने नुनले पनि नसर्ने रोगहरुलाई बढावा दिने भएकोले प्रतिव्यक्ति प्रतिदिन ५ ग्राम भन्दा धेरै नुन खानु पनि स्वास्थ्यको लागि हानिकारक भएको पाइएको डा. जैसवालले बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य पत्रकार पदम राज जोशीले पनि नसर्ने रोग एवम् स्वास्थ्य पत्रकारिताको बारेमा प्रस्तुती राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी बसन्त श्रेष्ठले गर्नुभएको थियो ।