नेतृत्व विकास तालिम सम्पन्न
सुर्खेत
दलित समुदायका अगुवाहरुका लागि दुईदिने नेतूत्व विकास तालिम विरेन्द्रनगरमा सम्पन्न भएको छ । उक्त तालिम संसद विकास कोषको आर्थिक सहयोगमा दलित महिला सँघ सुर्खेतको समन्वय तथा खेलकुद फर्निचर सामग्री समन्वय समिति विरेन्द्रनगर ३ को आयोजनामा भएको हो ।

नेतृत्व विकास तालिममा जिल्लाका ४८ जना दलित अगुवाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण दलित अधिकारकर्मी सञ्जु सिं विश्वकर्मा र मान बहादुर बसेलले गरेका थिए भने तालिमको समापन कार्यक्रमका अध्क्षय प्रकाश शाहिले गरेका थिए ।







