Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

तलव,भत्ता नलिने नेपालगन्जका मेयर पदका उमेद्वार डा.कनौडियाको घोषणा

नेपालगन्ज,जेठ ३०-

नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका प्रत्याशी डा. सुरेशकुमार कनौडियाले नेपालगञ्जको मुहार फेर्नका लागि मेयर पदमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ ले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मेयर पदका प्रत्याशी डा. कनौडियाले भने, “मेयर, उपमेयर र वडाहरुमा हाम्रा उम्मेदवारहरुको जीत सुनिश्चित भइसकेको छ । निर्वाचन त वैधानिकता दिने कुरा मात्र हो ।”

डा. कनौडियाले राजनीतिलाई आफूले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा लिएको पनि बताएका छन् । नेपाली कांग्रेस काम गरेर मात्र बोल्ने पार्टी हो भन्दै आफू मेयर पदमा विजयी भएपछि उपमहानगरपालिकाबाट प्राप्त हुने कुनै पनि रकम वा भत्ता आफूले नलिने स्पष्ट पारे ।