दैलेखमा बस दुर्घटना : ११ को मृत्यु १८ घाइते
सुर्खेत
३१ जेठ २०७४
कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको अाठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ ।
ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी र डिएसपी सहितकाे टाेली घटना स्थल पुगेको छ । बस करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्य १० जनाकाे अवस्था गम्भीर छ । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेको छ । उनका अनुसार दुर्घटनास्थलमा उद्धार जारी छ ।
दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएको छ ।





