Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

३० हजार घुससहित मालपोत कार्यालयका निमित्त प्रमुख पक्राउ

सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ परेका छन् । मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो ।

Image may contain: 1 person, sitting
जग्गा रोक्का र पास गर्ने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालयको टोलीले घुस लिदालिदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतले जनाएको छ ।
घुससहति पक्राउ परेका निमित्त प्रमुख आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो ।
उहाका अनुसार अहिलेसम्म घुस लिदै गर्दा सुर्खेतसहित मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा ६ जना कर्मचारी पक्राउ परिसकेका छन् ।