Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

वाङ्मयद्वारा जनप्रतिनिधि सम्मानीत

सुर्खेत

१  असार  २०७४ 

स्थानीय तहको निर्वाचनबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुवेदी एवम् उपप्रमुख मोहन माया ढकाललाई वाङ्मय चौतारी नेपाल सुर्खेतले सम्मान गरेको छ ।


सुर्खेती कलाकार र साहित्यकारहरुको तर्फबाट आयोजना गरिएको सम्मान एवम् बधाइ कार्यक्रममा सुर्खेती कलाकार र साहित्यकारहरुका समस्यालाई समेटेर तयार पारिएको ज्ञापन पत्र समेत नगर प्रमुख सुवेदीलाई बुझाइको छ । ज्ञापन पत्रमा सुर्खेत जिल्लामा सुविधा सम्पन्न नाट्यघरको निर्माण हुनु पर्ने, नगरपालिकामा साहित्य र कलाकारिताको लागि कार्यक्रम सहित प्रयाप्त बजेटको व्यवस्था हुनु पर्ने, नगरपालिकामा एक स्थायी प्रकृतिको कार्यदलको व्यवस्था हुनुपर्ने, कम्तिमा एक जना साहित्यकार र एकजना कलाकारलाई पेन्सनको व्यवस्था हुनुपर्ने, दीर्घकालिन योजनाका लागि तत्काल पहल गरिनु पर्ने लगायतका मागहरु राखिएको छ ।

 


कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाले कला र साहित्यको क्षेत्रमा गर्न सक्ने कार्यमा कुनै कसर बाँकी नराखी अगाडि बढ्ने जानकारी गराउँदै यस क्षेत्रको पहिचान जोगाउदै यहाँको पर्यटकीय विकासलाई समेत टेवा पु¥याउनका लागि कला साहित्यको विकास गर्न जरुरी भएकोले यस क्षेत्रको विकासलाई मुख्य एजेण्डाको रुपमा लिने बताए ।

कार्यक्रममा उपप्रमुख मोहन माया ढकालले समेत कला साहित्यले समाज परिवर्तनको लागि खेल्ने भूमिका महत्वपूर्ण भएकाले यस क्षेत्रको विकास गर्नका लागि सबै एकजुट हुनु पर्ने बताइन् ।

कार्यक्रममा प्रेमदेव गिरी, भीमबहादुर कार्की, वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष धु्रव चपाइँ, खगेन्द्र अधिकारी अमृत, बखत बुढा, माया थापा, ज्ञान बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो । आरंग नेपाल तथा वाङ्मय चौतारीका अध्यक्ष गणेश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रकाश पौडेलले संचालन गरेका थिए ।