Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

बल्ल बल्ल आइपुग्यो वीरेन्द्रनगरमा दकमल

सुर्खेत
वीरेन्द्रनगर नगरपालिका स्थापना भएको ४१ वर्षपछि दकमल आइपुगेको छ । सुर्खेतमा भएका राजनीतिक दल र नगरपालिकाले गरेो ढिलासुस्तीका कारण नगरपालिका स्थापना भएको ४१ वर्ष सम्म वीरेन्द्रनगर नगरपालिका दमकल विहिन थियो ।
दमकलका लागि स्थानीय बासिन्दाले धेरै पहिले माग गरेपनि शनिवार मात्र वीरन्द्रनगर नगरपालिकामा दमकल आएको हो ।
साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा चर्को आलोचना हुने गरेको थियो ।


नगरपालिका स्थापना भएको ४१ वर्षसम्म वीरेन्द्रनगर नगरपालिका दमकलविहिन थियो । स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरपालिकाले भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर ल्याइएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ जिन्सी सहायक खड्क केसीले ६० लाख मूल्यमा दमकल खरिद गरी ल्याइएको जानकारी दिए । दमकल नहुँदा नगरभित्र बेला–बेलामा हुने आगलागीका नियन्त्रण गर्नमा अप्ठ्यारो भएको भएपनि अब सहज हुने उनले बताए ।

 

दमकल आएसँगै वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठक बस्ने तथा प्राविधिक परिक्षण र प्रतिवेदन मेकानिकल इन्जिनियरसँग देखाएर सञ्चालनमा ल्याइने केसीले जानकारी दिए । तत्काल दमकल सञ्चालन गर्न चालक र ‘फायर म्यान’ नियुक्ती गर्न समय लाग्ने नगरपालिकाले जनाएको छ । तर नगरपालिकामा रहेका पाँच जना सवारी चालक मध्य एक जनालाई कार्यालयमै राखिने केसीको भनाई छ ।