Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

सामुदायिक संस्था सिर्जनशीलताको पुरस्कार प्रदान कार्यक्रम सम्पन्न

संस्थातर्फ ३ र व्यक्ति तर्फ २ वटाले पाए पुरस्कार

११ असार २०७४

सुर्खेत ।

गरिवी निवारण कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको आयोजना तथा गरिबी निवारण कोषको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा सामुदायिक संस्था सिर्जनशीलता पुरस्कार प्रदान गरिएको छ । पुरस्कार पाउनेहरुमा सिर्जना सामुदायिक संस्था लेखगाउँ बराहताल गाउपालिका सुर्खेत, सान्नेघारी सामुदायिक संस्था चौकुने सुर्खेत र केराबारी सामुदायिक संस्था भेरीगंगा नगरपालिका सुर्खेत नगद १५ हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ भने व्यक्ति तर्फ दीपा बुढा चिङ्गाड गाउँ पालिका पाम्का सुर्खेत, चित्रा पुन लेखबेशी नगरपालिका सुर्खेतलाई १२ हजार सहित प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

गरिबी निवारण कोषबाट ऋण लिई संस्थागत रुपमा व्यवसायिक रुपमा संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउने कार्यमा योगदान दिएकोले संस्थाहरुलाई पुरस्कृत गरिएको छ भने व्यक्तिहरु मध्ये गरिबी निवारण कोषबाट ऋण लिई व्यक्तिगत आम्दानीको स्रोतमा उल्लेख्य परिवर्तनको लागि योगदान दिएको आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।


कार्यक्रम सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको प्रमुख आतिथ्यतामा भएको थियो जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालको सभापतिमा सम्पन्न भएको थियो ।

सामुदायिक संस्थाहरुले उत्पादन गरेका स्थानीय बस्तुहरुको प्रदर्शनी समेत गरिएको छ । कार्यक्रममा सुर्खेत स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।