Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

फरार अभियुक्त ५ वर्ष पछि पक्राउ

१२ असार  २०७४

साढे ५ वर्ष अघि एक बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले भारतकोअन्डमान निकोबार टापुबाट श्याम राउतलाई पक्राउ गरेर नेपाल ल्याएको छ । २०६८ साल माघ ५ गते रामेछाप जिल्लाको तत्कालीन सैपु गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र अपराध महाशाखाको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको हो ।

राउतलाई आज सार्वजनिक गरिने मध्य क्षेत्रीय कार्यालयका डिआइजी गणेश केसीले बताए । उनले भने, ‘हामीले महेन्द्रपुलिस क्लवमा पत्रकार सम्मेलन गरेर आरोपीलाई सार्वजनिक गर्दै छौं ।’

रामेछापको दुर्गम सैपुकी ४२ वर्षीया डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा बलात्कारपछि नृशंस हत्या गरिएको थियो ।

आफूले पाएका साक्षीप्रमाणका आधारमा सैपु–१, खुर्दुकी घर भएका १९ वर्षीय श्याम राउतले आफ्नो छोरी सुन्तलीको हत्या गरेको आमा डिल्लीमाया तामाङले किटानी जाहेरी दिएकी थिइन् ।

आरोपी राउत घटनापछि भारत गएका थिए । उनी भारतको होटलमा सेफ काम गर्दै आएका थिए ।