Loading... आजः ३० कार्तिक २०८२, शनिबार । Saturday 15th November 2025
ताजा खबर
  

मध्पश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलित

सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका ईन्जिनियरिङ संकायका विद्यार्थीहरुले सुचना पार्टीमा आगो लगाई तोड्फोड गरेका छन् ।
आफुहरुसँग माग पुरा गर्छौँ भनी गरेको सम्झौता तोडेको भन्दै विद्यार्थीहरु आन्दोलमा उत्रिएका हुन् ।
सिभिल ईन्जिनियरिङ बिभाग अन्तर्गत तेस्रो सेमेस्टरको परिक्षामा पाठ्यक्रम भन्दा बाहिरको प्रश्नपत्र आएको भन्दै केही विद्यार्थीहरुले परीक्षा नै बहिस्कार गरेका थिए ।
त्यसपछी विश्वविद्यालयसँग बार्ता भई परीक्षा रद्द गर्ने निर्णय भएको थियो ।
विश्वविद्यालयले विद्यार्थीहरुसँग कुनै सहकार्य नै नगरी एक्कासी तेश्रो सेमेस्टरको पाठ्यक्रम परिवर्तन गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रनुपरेको ईन्जिनियर संकाय छैँटौ सेमेस्टरमा अध्ययनरत विद्यार्थी सागर लम्सालले बताउनुभयो । परिक्षा भएको १४ दिनपछि नतिजा प्रकाशन गर्ने भनी शैक्षिक क्यालेण्डरमा भनिएपनि ७५ दिन पछि शुक्रबार नतिजा प्रकाशित भएकोप्रति पनि विद्यार्थी हरु आक्रोशित भएको उहाँको भनाई छ ।
विश्वविद्यालय प्रशासनले विद्यार्थीहरुसँग छलफल नै नगरी पाठ्यक्रम परिवर्तन गरिनु गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिका संयोजक निकुञ्ज पाण्डेले आफ्नो माग पुरा नभए कडा संघर्षमा उत्रने बताउनुभयो ।
यसका सम्वन्धमा इन्जिनियरीङ्ग संकायका क्याम्पस प्रमुख विजयकुमार पण्डितले परिक्षाफलका विषयलाई लिएर विद्यार्थी तोडफोड मैं उत्रिनु गलत भएको उल्लेख गर्दै कुनै गुनासो भए क्याम्पस प्रमुख वा डीन कार्यालयमा निवेदन दिन सकिने वताउनुभयो ।
उहाँले कुनै पनि विवादको समाधानका लागि प्रशासन संग वार्ता गर्न सकिनेमा त्यसो नगरी अपराध जनक कार्यमा उत्रिनु गलत भएको वताउनुभयो ।