Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सुर्खेतमा हुदै

१८ असार २०७४

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको पहिलो दिक्षान्त समारोह प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता असार १९ गते सोमबार विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन निर्माण स्थल वीरेन्द्रनगर-६ कुइनेपानी परिसरमा आयोजना हुदैछ ।

दिक्षान्त समारोह अघि विश्वविद्यालयको सातौँ सभाको साधारण बैठक र विशेष बैठक सभाका अध्यक्ष प्रधानमन्त्री एवम् कुलपतिको अध्यक्षतामा बस्नेछ।

उक्त साँतौ सभा र प्रथम दिक्षान्त समारोहका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए।मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सन् २०१२ देखि २०१४ सम्म स्नातक र स्नातकोत्तर तहमा भर्ना भइ उत्तीर्ण भएका ४५१ जना छात्राछात्रहरू दीक्षान्त समारोहमा सहभागी हुनेछन।

 

व्यवस्थापन सङ्काय अन्तर्गत एमिबिए, एमिएस, विविए र विविएस तह उत्तीर्ण हुने १३८, मानविकी र सामाजिकशास्त्र सङ्काय अन्तर्गत एम.ए. र वि.ए. तह उत्तीर्ण हुने १९४, शिक्षाशास्त्र सङ्कायमा एम.एड. र बि.एड. तह उत्तीर्ण गर्ने ९२ र विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत स्नातक तह उत्तीर्ण २७ जना गरी जम्मा ४५१ जना पहिलोपटक आयोजित दिक्षान्त समारोहमा दीक्षित हुने भएका हुन् ।

समारोहमा उत्कृष्ट हुने छात्राछात्रहरुले कुलपति पदक, सुर्खेत उद्द्योग बाणिज्य संघ पदक, उपकुलपति पदक लगायतका पदकहरू पनि प्राप्त गर्नेछन।यसै विच मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठक उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा आइतबार सुर्खेतमा सम्पन्न भएको छ ।