Loading... आजः १५ आश्विन २०८३, बिहीबार । Thursday 1st October 2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को प्रथम दीक्षान्त समारोह सम्पन्न

सुर्खेत ।

सुर्खेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले युग सापेक्ष शिक्षाको विकासमा जोड दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को प्रथम दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अपार प्रँकृतिक स्रोत, विविधतायुक्त संस्कृतिलाई सदुपयोग गरेर स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य भएको पनि उल्लेख गरेका हुन् ।

?

प्रधानमन्त्री देउवाले सरकारको मुख्य जिम्मेवारी संविधान कार्यान्वयन गर्नु रहेको बताए । यसका लागि तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध भएको धारणा पनि उनको थियो ।

बाँकी रहेको प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचन पनि निर्धारित मितिमै हुन्छ’ उनले भने ‘संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानुको विकल्प छैन् ।’ उपप्रधान एवं शिक्षामन्त्रीसमेत रहेका विश्वविद्यालयका सह–कुलपति गोपालमान श्रेष्ठले उच्च शिक्षामा त्रिभूवन विश्वविद्यालयको एकल जिम्मेवारी अन्त्य गर्न सरकारले बहुविश्वविद्यालय नीति अबलम्वन गरेको बताए ।

उक्त प्रथम दीक्षान्त समारोहमा ३ सय १५ जना विद्यार्थी दीक्षित भएका छन् । यस अधि विशेष दीक्षान्त समारोहको आयोजना गरी साहित्यकार झमक घिमिरेलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्याबारिधिको मानार्थ उपाधि प्रदान गरिसकेको छ ।

प्रधानमन्त्री देउवाले विभिन्न संकायका स्नातक र स्नातकोत्तर तहका गरी ४ सय ५१ विद्यार्थीलाई दीक्षित गरेका थिए । व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहका इसाद अहमद इराकी (२०१२), लिनाबुरा राना (२०१३), स्नातक तहका सन्ध्या काफ्ले (२०१२) लाई स्वर्ण पदक प्रदान गरे । साथै कूलपति पदक उपासना आचार्य, उपकूलपति पदक सुमन प्रधान, (२०१२), कूलपति पदक लिना बुरा राना (२०१३) र मधुकुमार विश्वकर्मालाई (२०१४) को प्रदान गरे ।

Image may contain: 5 people, people smiling, people standing, hat, eyeglasses and suit

Image may contain: 5 people, people smiling, people standing, hat, eyeglasses and suit

Image may contain: 7 people, people smiling