Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

रेडपाण्डा र चितुवाको छालासहित तीन जना पक्राउ

२० असार २०७४
सुर्खेत ।

बरामद भएको बन्यजन्तुको बारेमा जानकारी दिँदै सुर्खेत प्रहरी प्रमुख एसपी मोहन कुमार आचार्य

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज दिउसो साढे तीन बजेको समयमा दुई वटा रेडपाण्डा र दुई वटा चितुवाको छाला पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातापानी स्थित गीता वि.क.को घरमा डेरा गरी बस्ने कालिकोट जिल्ला महाबु गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३८ को दिपक सिंह, कालिकोट जिल्ला खडाचक्र नगरपालिका वडा नं. ३ बस्ने वर्ष २४ को रमित मल्ल र दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३५ को बल बहादुर सिंह समेत गरी तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु डेरा गरी बस्ने कोठाको खाट मुनी दुर्लभ मानिने बन्यजन्तु रेडपाण्डा र चितुवाको छाला र हड्डी समेत लुकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको उक्त बस्तु बरामद गरी थप अनुसन्धान गरिरहेको र अनुसन्धान पछि जिल्ला वन कार्यालयमा पठाइने  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार आचार्यले जानकारी दिनुभएको छ ।

बरामद भएको अति दुर्लभ मानिने रेडपाण्डा र चितुवाको छाला तथा हड्डी

उनीहरुको साथबाट प्रहरीले पुच्छर सहितको ६ फिट ७ इन्च लम्बाई, २ फिट ४ इन्च चौडाइ भएको चितुवाको छाला थान १, पुच्छर बाहेक ६ फिट लम्बाइ २ फिट चौडाइ भएको चितुवाको छाला थान १, २ फिट ७ इन्च लम्बाइ १ फिट २ इन्च चौडाइ रहेको रेडपाण्डाको छाला थान १, २ फिट ११ इन्च लम्बाइ १ फिट १ इन्च चौडाइ रहेको रेडपाण्डाको छाला थान १ बरामद गरेको छ ।

त्यसैगरी चितुवाको पञ्जाको हड्डी थान ३, मेरुदण्डको हड्डी साना ठ्रूला टुक्रा थान २७, करङको हड्डी साना ठूला टुक्रा थान २०, ६ वटा दाँत सहितको तल्लो बङ्गाराको टुक्रा थान ३, फिर पाताको हड्डी थान २, माथिल्लो बङ्गाराको १४ दाँत सहितको हड्डी थान १ र खुट्टाको नली हड्डी साना ठूला टुक्रा थान समेत बरामद गरेको छ ।  चितुवा र रेडपाण्डा निकै दुर्लभ बन्य जन्तु हुन ।