Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

फलफूलका विरुवा आइपुगे सुर्खेतमा, विभिन्न सेवाकेन्द्रबाट वितरण गरिने

२२ असार २०७४

सुर्खेत


वर्षे सिजनमा लगाइने विभिन्न फलफूलका विरुवाहरु कृषि विकास कार्यालय सुर्खेतको समन्वयमा सुर्खेत ल्याइ पु¥याइएको छ ।

जस अन्तरगत आँपजातका विरुवाहरु मध्ये अम्रपाली ३ हजार ५ सय ५० र दशरी ७ हजार ५ सय, अन्य आँप १ सय ५०, अम्बा ३ सय,लिचि ६ हजार ३ सय, अनार ५ सय कागती ६ हजार रहेका छन् । जिल्ला कृषि विकास कार्यालयले ढुवानी अनुदान मगाइएका यी विरुवाहरु रौतहटको अञ्जली र बन्दना नर्सरीले उत्पादन गरेको प्राविधिक सहायक यादव केसीले जानकारी दिए । ढुवानी अनुदानमा भएपनि प्रतिविरुवाको मूल्य अम्रपाली आँप रु ७५, दशरी र अन्य आँप रु ४५, अम्बा रु २५, लिचि रु ४०, अनार रु ५०, कागती रु २० भएपनि व्यवसायिक खेती गर्नेहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको प्राविधिक सहायक केसीले जानकारी बताए ।

सुर्खेत ल्याइएका विरुवाहरु मध्ये बाबियाचौर कृषि सेवा केन्द्रमा ३ हजार ६ सय १०, कुनाथरीमा ५ सय, रामघाटमा ४ हजार ७ सय, सहारेमा १ हजारका दरले वितरण गरिने छ भने बाँकी विरुवा जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट वितरण गरिने जनाइएको छ ।
टिस्यू कल्चर गरिएका ६ हजार केराका विरुवाहरु भने सुर्खेत आइपुग्न बाँकी नै छ । त्यसैगरी प्राविधिक सहायक केसीले दिएको जानकारी अनुसार अलैचीका ५० हजार बोट अवलचिङ्ग कृषि सेवा केन्द्रबाट वितरण भइरहेका छन् ।