Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

धन र मन दुवैका धनी गजेन्द्र

दैलेख ।

‘भनिन्छ धन हुनेसँग मन हुँदैन र मन हुनेसँग धन हुँदैन’ भनेर । तर यो कुरा गलत सावित गरिदिएका छन् गजेन्द्र बहादुर अधिकारीले । दैलेख जिल्लाको साविक जगनाथ गाविसको वडा नं. २ तुर्सुमा जन्मेका उनी पेशाले भारतीय शैनिक हुन् । भारतीय शैनिकबाट निबृत्त भइसकेपछि उनी गाउँमै फर्किए । जब गाउँमा फर्किन तब उनलाई राजनीतिमा लाग्नका लागि धेरैले आग्रह गरे । शुरुका दिनमा भरखरै भारतीय पेशाबाट निबृत्त भइ आएकाले उनलाई राजनीतिको बारेमा त्यत्ति धेरै रणनीति हुन्छ भन्ने लागेको थिएन । त्यसले उनले हो मा हो गरे ।Image may contain: 1 person, sitting, closeup and indoor

जब उनको दैनिकी गाउँ घरमै वित्न थाल्यो तब उनले बुझे राजनीति भन्दा त समाजसेवा अझै ठूलो रहेछ । हुन त राजनीति गरे पनि समाजसेवा नै गर्ने हो तर त्यो कुनै पनि रंगले पोतिएको राजनीति गर्नु भन्दा विशुद्ध सबैको सेवा गर्नु उचित ठानेका गजेन्द्रले भगवती माध्यमिक विद्यालय निर्माण गर्नका लागि तत्कालिन समयमा करिब ११ लाख मूल्य बराबरको नीजि जग्गा चन्दा दिए ।
चन्दादाताहरुबाट उनी उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित भए र लागे विद्यालयको सेवा गर्न । उनले आफ्नो मासिक पेन्सनबाट हुने आम्दानीको आधा भाग समेत विद्यालयलाई चन्दा दिँदै आएका छन् ।

शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालय दैलेखले उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा उनलाई सम्मानित समेत गरिसकेको छ । विद्यालयमा शिक्षक र विद्यार्थी भन्दा उनी पहिले आइपुग्थे जति बेला उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए । विद्यालयको भौतिक संचरना निर्माणदेखि विद्यालयको शैक्षिक कार्य समेतमा निकै ख्याल गर्ने भएकोले पनि उनको पालामा विद्यालयप्रति अभिभावकको गुनासो गर्ने ठाउँ नै रहेन ।

देशको राजनीति परिवर्तन भएसँगै देश संघीयतामा गयो र स्थानीय तहको नयाँ संरचना अनुसार उक्त जगनाथ गाउँ विकास समिति वर्तमानको भगवतीमाई गाउँ पालिकाको वडा नं. ४ बन्न पुग्यो । तत्कालिन जगनाथ गाविसको कार्यालय रहेको स्थान अहिले वडा कार्यालयमा परिणत भइसकेको छ । वडा कार्यालय जग्गाको अभावका कारण स्तरीय भवन बनाउन देखि व्यवस्थित रुपमा व्यवस्थापन हुन नसकेको छैन अहिलेसम्म । तर अबका दिनमा वडा कार्यालयको व्यवस्थित भवन सहितको स्तरीय व्यवस्थापन हुनेछ । किनकी धन भएका मनकारी गजेन्द्रले वडा कार्यालयको भवन निर्माण गर्नका लागि वर्तमान करिब १२ लाख मूल्य बराबरको जग्गा निःशुल्क चन्दा स्वरुप प्रदान गरेका छन् ।

त्यसैले त भनिन्छ केवल धनको धनी भएर मात्र हुँदैन । मनको धनी समेत हुनु पर्दछ । एउटा घाँसीको प्रेरणाबाट भानुभक्त आदिकवि भानुभक्त बन्न सके । गजेन्द्रको उदार मन र समाजसेवी कार्यबाट अरुहरुले पनि गाउँ, समाज र आफ्नो ठाउँको लागि रचनात्मक पाठ सिक्ने
कि ?