Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

सुर्खेतकै पुरानो वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभा सम्पन्न (बजेटको पूर्ण पाठ सहित)

३१ असार २०७४

सुर्खेत ।

सुर्खेतको पुरानो नगरपालिका वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभाले विभिन्न नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । नगरपालिकाको प्रथम नगर सभाले शनिवार कुल ६५ करोड ५४ लाख तीन हजार रुपैयाँ विनियोजन पनि गरेको छ ।

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगरलाई साथ तपाईँको, नेतृत्व हाम्रो, हामी बनाउछौं वीरेन्द्रनगरलाई राम्रो’ भन्ने मूलनारा दिएर वडा स्तरीय क्षेत्रगत पूर्वाधारदेखि भवन निर्माण, जनचेतना जस्ता कार्यक्रमहरु गरिएको नीति तथा कार्यक्रम प्रथम नगर सभामा सार्वजनिक गरिएको हो । नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बजेट प्रस्तुत गर्नुभएको थियो । झण्डै नेपाल सरकारको संसदमै बजेट प्रस्तुत हुने झझल्को दिने खालको कार्यक्रमको रौनक थियो ।

नगर उपप्रमुखले मुख्यगरी वीरेन्द्रनगरलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, पर्यटन तर्फका विभिन्न योजनाहरु सार्वजनिक गरेकी छन् ।

नगरसभाको प्रमुख अतिथिको रुपमा पूर्व संसद एवम् समाजसेवी दुर्गाकेशर खनालले वीरेन्द्रनगरलाई साँच्चिकै नेपालकै नमुना नगरहरु मध्यको एक नगर बनाउन सकिने बताउनुभयो । कार्यक्रममा सुर्खेत स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, विभिन्न सरकारी क्षेत्रीय तथा जिल्ला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. उपेन्द्र कुमार कोइराला लगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।

हेर्नुहोस् वीरेन्द्रनगरका प्रमुख योजना तथा बजेटको स्क्यान प्रति: