Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

न्यु मिलन क्लब को अन्तरक्रिया कार्यक्रम सम्पन्न

 १ साउन ,सुर्खेत ।

न्यु मिलन क्लब,ढोडेखाली बिरेन्द्रनगर -१ सुर्खेत को अन्तरक्रिया कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ ।उक्त अन्तरक्रिया कार्यक्रम क्लवका अध्यक्ष श्री बिनोद गिरी ज्यु को सभापतित्व मा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम मा प्रमुख अतिथी को आसन ग्रहण नवनिर्वाचित बिरेन्द्रनगर नगरपालिका प्रमुख श्री देव कु. सुवेदी ले गर्नु भएको थियो भने विशेष अतिथि को रुपमा वडा अध्यक्ष गंगाराम सुनार ज्यु को उपस्तिथि रहेको थियोे । कार्यक्रम मा नगर प्रमुख सुवेदी ले “अहिले को युग मा पनि हजुरहरु जस्तो युवाहरुले अफ्नो गाउँ ठाउँ को नाम राख्न का निम्ति संचालक गर्नु भएको क्लब ले भोलिका दिन मा जनचेतना मुलक कार्यक्रम ,समाजिक तथा खेलकुद कार्यक्रम हरु को पनि आयोजना गर्ने छ भन्ने आशा राखेको ´´व्यक्त गर्नु भएको थियो र क्लव लाई सफलता को शुभकामना समेत दिनु भएको थियो ।

नगर प्रमुख सुवेदी ले कार्यक्रम मा न्यु मिलन क्लव भर्खरै मात्र स्थापना भैहिरहदा आफू सानो छदा ढोडेखाली १ मै रहेको मिलन क्लव को सम्झना गर्दै आफु बच्चापन हुदाको अबस्थामा पनि मिलन क्लव ले जितेका जस्तोसुकै कार्यक्रम मा पनि “हाइ हाइ´´भन्न कहि कतै नछुटाएको जानकारी दिनु भएको थियो । कार्यक्रममा सुवेदी ले आफुलाइ पनि त्यस क्लब को सदस्य बनाउन को लागि आग्रह गर्नु भएको थियो । यसैगरी कार्यक्रममा अतिथि को रुपमा तरुण दल सुर्खेत का अध्यक्ष हरि बिष्ट ,राप्रपा का युवा नेता धन ब. बोगट,वाइसीएल नगर इन्चार्ज बमु के.सी. लगायत को उपस्तिथि रहेको थियो ।यस्तै कार्यक्रम मा उपस्तिथ विशेष अतिथी,अतिथी ज्यु हरुले पनि आ-आफ्नो भनाइ हरु राख्दै क्लब लाई सदैव साथ,सहयोग र समर्थन गर्ने बताउनु भएको थियो ।