Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

बर्दियाली साहित्य मन्चको साहित्यिक कार्यक्रम सम्पन्न

ठाकुरबाबा,बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँमा शनिबार वृहद साहित्यिक कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । बर्दियाली साहित्य मन्च, बगनाहाको आयोजनामा “बहुभाषिक कवि गोष्ठी एवम् गजलकार कृष्ण बिरहीका एक दर्जन गजल वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मध्य र सुदुरपश्चिमबाट ८० भन्दा बढी श्रष्टाहरुको सहभागिता रहेको थियो ।

सो साहित्यिक कार्यक्रममा चर्चित गजलकार कृष्ण बिरहीका एक दर्जन गजल सहित मध्य तथा सुदुरपश्चिमबाट पाल्नुभएका साहित्यकारहरु खगेन्द्र गिरी कोपिला, महानन्द ढकाल, छबिलाल कोपिला, जिवराज पाण्डे, अञ्जु स्मारिका, पुर्ण समिर महतारा, जेबि अनुरागी, महेन्द्र चन्द महासागर,पहल असिम थापा, बिक्रम शिशिर, बद्री ढकाल, केशव निमेश, बद्री सुवास, ओम राना, डम्मर थापा आश्रित, गणेश कंडेल, कल्पना खरेल, प्रतिभा अर्पण, इन्दीरा आचार्य, सुशिला वाग्ले, माया खनाल, खगेन्द्र अटल, धर्मेन्द्र बि सी अच्युत, धर्मराज न्यौपाने अतित, काशिराम बजगाई, आर पि अञ्जान, गजेन्द्र अतित बोहोरा, इच्छुक प्रेम, लक्ष्मण मानव लगाएतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

मन्चले पुस्तक प्रकाशन देखी साहित्यिक उत्थानका लागि बिबिध रचनात्मक कामहरु गरिरहेको र आगामी दिनमा अझै सशक्त रुपमा अघी बढ्दै जाने बर्दियाली साहित्यिक मञ्चका अध्यक्ष डि.बि राश्कलले बताउनु भयो । मन्चले बर्दियाका प्रतिनिधि ५ नारी श्रष्टा सहित १६ जना गजलकारका ४८ वटा गजलहरुको संग्रह “बर्दियाली प्रतिनिधी गजल”- वि सं २०६९ मा प्रकाशित गरिसकेको छ ।

बर्दियाली साहित्य मन्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा समापन भएको कार्यक्रममा अग्रज साहित्यकार खगेन्द्र गिरी कोपिलाको प्रमुखआतिथ्य्ता थियो भने बिशिष्ट अथितिमा साहित्यकार महानन्द ढकाल र छबिलाल कोपिला रहनु भएको थियो । कार्यक्रममा उपस्थित श्रस्टाहरुलाई उपाध्यक्ष शितल बिवशले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरि प्रकाश भण्डारीले गर्नु भएको थियो ।