Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

सुर्खेतमा आयो भदौरे झरी ( भिडियो सहित)

सुर्खेत

सुर्खेती कलाकार विशाल ढकालले नयाँ तीज कोशेली बजार ल्याएका छन् । तिजलाई लक्षित गर्दै सार्वजनिक भएको ढकालको ‘भदौरे झरी’ बोलको अडियो सहित भिडियो समेत बजारमा आइसकेको छ ।


विशाल ढकालले संकलन तथा शब्द संयोजन गरेको भदौरे झरीमा स्वयम् विशाल ढकाल र पार्वती थापाले स्वर दिएका छन् । जुन गीतमा संगीत भर्ने काम समेत विशाल ढकालले नै गरेका छन् । सुर्खेतमै निर्माण भएको भिडियोमा स्थानीय कलाकारहरुकै सहभागीता रहेको छ ।
उक्त भिडियोको निर्देशन भने ललित भट्टराईले गरेका छन् । भिडियोमा सुनिता दहित, मनिषा रावल र नारायण मगरको आकर्षक नृत्य छ । बिल फिल्म्सले तयार पारेको भिडियोलाई निरक केसीको छायाँङ्कन , बुद्धिसिंह ठकुरीको सह–निर्देशनं छ भने चानस पुन मगरले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्