एकै दिन नागपञ्चमी र रक्षाबन्धन (अपवादमा हुने गर्दछ यस्तो)
सुर्खेत ।
विक्रमादित्यले चलाएको पात्रो अर्थात विक्रम सम्मत् अनुसार श्रावण शुक्ल पञ्चमीमा नाग पञ्चमी पर्दछ र रक्षाबन्धन, ऋषितर्पणी श्रावण शुक्ल पूर्णिमामा पर्दछ । । तर यसपालि रक्षा बन्धन अर्थात जनै पूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) अर्धरात्री पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकोले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन श्रावण १३ गते श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) कै दिन गर्नु पर्ने भएको छ ।चन्द्र ग्रहण परेको बेला शास्त्र तथा परम्परा अनुसार श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) कै दिन गर्नु उचित भएको समुचित भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वि.सं. १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि श्रावण शुक्ल पूर्णिमा तिथिमा ग्रहण परेकोले श्रावण शुक्ल पूर्णिमा (नाग पञ्चमी) कै दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । श्रावण पूर्णिका दिन गरिने जात्रा, उत्सव, श्राद्धर अरु परम्परागत कृत्यहरु भने पूर्णिमाकै दिन गर्नु शास्त्र सम्मत् हुन्छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ – समितिले स्वीकृत नगरेका पञ्चाङ्गहरु एवम् भ्रामक लेख रचनाहरु प्रकाशित भएकोले अन्य भ्रममा नपरी २०७४ श्रावण १३ गते श्रावण शुक्ल पञ्चमीकै दिन उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन गर्न यो समिति सर्वसाधारण सबैमा जानकारी
गराउँदछ ।
विज्ञप्तिको स्क्यान कपि







