Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

सभ्य, दिव्य र भव्य कल्पना गरौं

कन्चन घिमिरे

यतिबेला मान्छे तनाबमा छ । पैसा कमाए पनि तनाबमा छ, नकाएपनि तनाबमा छ । सफलता पाएपनि तनाबमा छ, नपाए पनि तनाबमा छ । कामका लागि आफ्नो शरीरको माया मार्नेहरु उमेरस“गै पछुताउने गरेका छन् । जीवन जिउ“ने कलासम्वन्धि सामान्य सवाललाई अनुशरण नगर्दा मान्छे तनाबमा हुने र जीवनभर खुशी नहुने बर्तमान परिपे्रक्ष्यमा प्राकृतिक चिकित्सक कञ्चन घिमिरेले जीवन सुखी बनाउने कलासम्वन्धि गम्भिर कुरा  सुशील शर्मा र खगेन्द्र अधिकारीस“ग खोलेका छन् ः

जीवन भनेको उत्सव हो । हामीले हरेक क्षणलाई उत्सवको रुपमा लिन सक्छौ । त्यसको लागि हामीले हाम्रो आफ्नै जीवनलाई बुझ्नुपर्छ । जब जीवन बुझिन्छ, अनि यो उत्सव हो भन्ने कुरा स्पष्टता हुन्छ । हामीले हाम्रो संस्कृति र परम्परा अनुसार हिड्नुपर्छ । सबैको आ–आफ्नै संस्कार छन् । जुन संस्कृतिको प्रणाली छ । त्यसलाई सही तरिकाले उपयोग गरेर सही बाटोमा हिड्नुपर्छ । सही तरिकामा हिड्नका लागि अभिभावकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । त्यो भूमिका अभिभावकले निभाउँन नसकेको खण्डमा त्यससँग शिक्षा प्राप्त गरेका अग्रजहरुसँग सिक्नुप¥यो ।

अनि मान्छे आध्यात्मिक तिर लाग्छ । त्यसपछि जीवनका हरेक क्षणलाई उत्सवको रुपमा प्रयोग गर्न जान्दछ । चाहे त्यो सुखद् होस् वा दुःखद् होस् । दुःखलाई पनि एउटा उत्सवको रुपमा हेर्न र बुझ्न सकेको खण्डमा त्यो उत्सवकै रुपमा परिणत हुन्छ ।

हामी सकारात्मक हुन सक्नुपर्छ । भनिन्छ, हाम्रो देशको राजनीति जहिले पनि नकारात्मक रुपमा छ । देशमा विकास भएको छैन । देश बरबाद् भएको छ तर, म यो मान्दिनँ किनकी नेताहरुले जे गरेका छन् ठीक गरेका छन् । त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । एउटा चालकले गाडी सही बाटोमा सही तरिकाले चलाएको खण्डमा दुर्घटना पर्ने सम्भावना नै हुँदैन । तर, हामी कर्म गर्ने दुःखी हुने, अनि प्रतिफल चाँही खुसी खोज्ने ? त्यसैले हामीले सकारात्मक सोच्न जरुरी छ ।

हामी प्रत्येक सेकेण्डमा खुसीको कुरा सोचौ । अनि पो प्रत्येक सेकेण्डमा खुसी हुन्छौ त । नखाने हुने चीज बस्तु खाने, अनि खोज्ने आनन्द ! त्यो कही सम्भव हुन्छ ? दूधले भरिनु पर्ने पेट मदिराले भरिएको खण्डमा आनन्द पाइन्छ र ? त्यसले हाम्रो शरीरलाई के नोक्सान गर्छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । हामीलाई फाइदा कुन चीजले गर्न सक्छ भन्ने कुराको ब्याख्या नगरी खाएमा त्यो चीजले हामीलाई असर गर्छ अनि हामी बेखुसी हुन्छौ । सर्वसाधारणहरुले बुझ्न जरुरी छ ।

सबैमा परिवर्तन आउँछ । त्यसका लागि शिक्षाको जरुरी छ । आर्ट अफ लिभिङबाट शिक्षा प्राप्त गर्न सकिन्छ । आर्ट अफ लिभिङ भनेको जीवन जिउने कला हो । जीवन कसरी जिउनुपर्छ भन्ने कुरा हामी सिकाउँछौ । हामीलाई राम्रोसँग बस्न, खान, बोल्न, आउँदैन । वास्तवमा भन्ने हो भने, हामीले किन खाने ? के खाने ? कसरी खाने ? कसरी हिड्ने ? भन्ने बारेमा समेत हामीले सिकाउने गर्दछौ । हुन त यो सुन्दा कसैलाई रिस पनि उठ्ला । त्यो स्वभाविक हो । हामी मांशहारी होइन । साकाहारी हौ । तर के गर्नु हामी मासु खान्छौ । हामीले बलीको कुरा गर्छौ । पशुवलीको कुरा एकदमै गलत छ । वली हुनुपर्छ तर कस्तो भने त्यागमय बली ।

बली भन्न्ने बित्तिकै पशुबली भन्ने नबुझ्नुहोला । हामी मन्दिरमा जान्छौ र एउटा मूर्तिलाई ढोग गर्छाै, अनि आफ्नो मनका नराम्रा कुराहरु नाश हुन र राम्रा कुराहरुको मात्र मनमा बास होस् भन्ने कामना गर्छौ, अनि भन्छौ, हे भगवान रक्षा गर, हो त्यही हो बली भनेको । अर्काको जीवनलाई मारेर सुख प्राप्ति हुनै सक्दैन । मान्छेलाई जीवन जिउने कला सम्भव छ । किनकी यो वैज्ञानिक छ । प्रयोगात्मक छ । किनकी यसमा सामान्य सास फेर्ने कुरा पनि हुन्छ । जुन कुरा विज्ञानले गरेको छ । त्यसलाई आदर गर्नुपर्छ । आजका वैज्ञानिकहरु कति एकाग्र भएर अनुसन्धानमा लागेका हुन्छन् । कति धेरै सूक्ष्म चीजको खोजी गर्दछन् । तिनीहरु कुनै युगका ऋषिहरु होलान् सायद् । किनकी ऋषिहरुले प्राप्त गरेको ज्ञान र आजका वैज्ञानिकले प्राप्त गरेको विज्ञानको दाँजो गरेर हेरौ त ! सर्वमान्य कुरा के हो भने ज्ञान विनाको विज्ञानको अर्थ छैन ।

आज वैज्ञानिकले आविष्कार गरेका हरेक चीजवस्तुहरु ज्ञानबाट शुरु भएर विज्ञानमा पुगेका हुन् । त्यसैले पहिले आध्यात्मिक ज्ञान लिनु जरुरी छ । जब विज्ञान र ज्ञान सँगै हुन्छ तब मात्र सुखी मिल्छ । आध्यात्म भए मात्र ज्ञान हुने नत्र नहुने होइन, तर वास्तविकता के हो भन्ने बुझ्नका लागि ज्ञान चाहिन्छ

नै । म के हो ? म को हो ? भन्ने थाहा हुँदैन, तबसम्म सबै शुन्य हो । डाक्टर, इन्जिनियर, वा अन्य ठूला–ठूला ओहोदामा पुगेका मान्छेहरु समेत आत्महत्या गरेका छन् । किन भने उनीहरुले जीवन बुझेका छैनन् । जब जीवन बुझिन्छ तब मान्छे खुसी  हुन्छन् । खुसी हुन सक्यो भने नै सुखी हुने हो । हाम्रो एउटा खुट्टा आध्यात्मिक हो भने अर्को भौतिक हो ।

नेपाली समाजलाई भौतिक र आध्यात्मिक रुपमा हेर्ने हो भने भौतिक रुपमा नै बढी छ । त्यो चाहिन्छ । भौतिक रुपमा धन आर्जन गर्ने हो, आर्जन गरेर के गर्ने भन्ने कुरा जान्न जरुरी छ । लामो कपाल, दारी पाल्दैमा गेरुवस्त्र लगाउँदैमा निधार भरी टिका लगाउँदैमा मात्र आध्यात्मिक होइन्छ भन्ने होइन । टाइ सुटमा समेत आध्यात्मिक हुन सकिन्छ । सन्त भनेको, जो शान्तसँग बस्छ । त्यो सन्त हो । मनमा हल्चल् भएको मान्छे सन्त हुनै सक्दैन । यो भ्रममा नपर्नु होला ।

जुन कुरा आफूलाई मन पर्दैन त्यो कुरा अरुको लागि नगरिदिनु नै धर्म हो । अहिले साकाहारीहरु बढिरहेका छन्, किनकी आध्यात्मिक ज्ञानले साँच्चिकै मान्छेलाई परिवर्तन गर्दैछ । यो अकाट्य छ । धर्मको नाममा पार्टी खोल्नु हुँदैन । प्रत्येक मनुष्यलाई देवताको रुपमा हेर्नु नै धर्म हो । मासुको सट्टामा फलफूल, गेडागुडीको प्रयोग गर्न सकिन्छ । मासुले गर्ने फाइदा भन्दा नोक्सानी धेरै छन् । फलफूल, दूध, गेडागुडीले नोक्सानी भन्दा फाइदा धेरै गर्छ । अब के खाने र के नखाने भन्ने कुरा आफैले छुट्टयाउने हो । कसैलाई यो खानुहोस् र नखानुहोस् भनेर भन्ने अधिकार मसँग छैन, तर यो सही छ यो गलत छ भन्ने कुरा बोल्ने अधिकार त छ मसँग ।

समाजमा भएका प्रत्येक मान्छेले सकारात्मक सोचका साथ जीवन जिउने कलाको बारेमा जब बुझ्दछन् तब भौतिक भन्दा आध्यात्मिकतामा लाग्नेहरुको संख्या     बृद्धि हुँदै जान्छ । हामी सप्लाईमा जान्छौ तर अप्लाईमा जाँदैनौ । जुन कुराको अप्लाई गरिएको हुँदैन त्यो विषयमा म बोल्दै बोल्दिन ।

किनकी अप्लाई नभएको कुरा बोलेर केही फाइदा छैन । हामी सबैसँग ज्ञान छ, तर त्यसलाई अप्लाइ गर्ने व्यवहारमा उतार्ने काम गरिरहेका हुँदैनन् । त्यसैले गर्दा हामी पछाडि परेका छौ । मानिसलाई प्राप्त भइरहेको खुसीमा अझ बढी खुसी कसरी दिने ? प्रत्येक मान्छेको चेहरामा कसरी मुस्कान ल्याउने, भन्ने मुख्य कुरा हो । यसमा जातपात, धर्म, वर्ग, लिङ्गको कुरा छैन । जुनसुकै जातपात, धर्म, वर्ग, लिङ्गको व्यक्तिले पनि आध्यात्म ज्ञान प्राप्त गर्नुपर्छ । स्वथ्य शरीर शान्त मन हुनुपर्छ ।

मान्छे स्वथ्य बन्नका लागि ‘आर्ट लिभिङ्ग’मा जोडिनु पर्छ । यदि कसैलाई ‘आर्ट लिभिङ्ग’ सम्म आउने समय छैन वा भौगोलिक अवस्थाको कारणले सम्भव छैन भने, दैनिक गर्नुपर्ने केही कार्यहरु छन् । ति के हुन् भने, सबै भन्दा पहिले विहान समयमै उठ्नुपर्छ । सकेसम्म ४ बजे नै ।
छिटो उठ्नु भयो भने, तपाईको रोग लाग्ने सम्भावन निकै कम हुन्छ । अनि एक लिटर पानी पिउनु पर्छ । त्यसपछि गरिने नित्यकर्म गर्नुपर्छ । त्यसपछि शरीरिक व्यायमको जरुरी छ ।

जस्तो जान्नु हुन्छ शारीरिक व्यायम अनिवार्य गर्नुहोस् । सिकेको मान्छेले त योग, ध्यान नै गरे अझ उत्तम । अनि खानपिनमा निकै ख्याल गर्नुहोस् । खाएपछि हाम्रो शरिरलाई हानीनोक्सानी गर्ने चीज नखानुहोस् । जबसम्म शारीरिक व्यायाम गरिदैन, तबसम्म मन शान्त हुँदैन । मन शान्त भएन भने रोग लाग्छ । खानपिन र मानसिक सन्तुलन ठीक भयो भने ९० प्रतिशत रोग लाग्ने सम्भावना कम हुन्छ । त्यसैले हाम्रो शरिरलाई स्वथ्य राख्नका लागि हामी आफैले नै कर्म गर्नुपर्छ ।

त्यसैले म भन्छु । जीवन बुझ्न जरुरी छ । मनलाई प्रसन्न राख्नु पर्छ । सभ्य, भव्य र दिव्य कल्पना गरौ । आफूबाट शुरु गरौ । आफ्नो शरिरलाई प्रेम गरौँ । आफ्नो शरिरलाई प्रेम गर्न सकेको खण्डमा हामी स्वतः कुलतबाट जोगिन सक्छौ । जीवन जिउने कला सिकाउन म अहिले सुर्खेत छु । सुर्खेतमा इगरब्रिज विद्यालयले त्यसको शुरुवात गरेको छ । त्यसको लागि यो विद्यालय धन्यवादको पात्र छ ।
(कुराकानीमा आधारित ।)  

क्वीकखबरका लागि काँक्रेविहार दैनिक