“बगालेका गजलहरु” गजल संग्रह बिमोचन
साउदी अरब
बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबद्वारा लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ।

मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्व तथा साउदी अरब स्थित नेपाली राजदुतावासको प्रतिनिधिअम्बिका अधिकारी को प्रमुख आतिथ्य तथा दुताबास परिवारकै बिजय रावत को बिशेष आतिथ्य र साउदी अरबमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट अतिथी आसन ग्रहण सगै सन्चालित कार्यक्रम भब्यसब्य रुपमा सम्पन्न भएको छ।

पुस्तक बिमोचन कार्यक्रम मा कार्यक्रम का प्रमुख अतिथि अम्बिका अधिकारि र कार्यक्रम का सभापती बालकृष्ण पौडेल द्वारा दिप प्रज्वलन गरि बिमोचन भब्य रुपमा भएको थियो। जस कार्यक्रममा उद्घोषण नीर बहादुर सुनारको रहेको थियो।
विश्व नेपाली साहित्य महासंघ साउदी साखाको निमन्त्रणालाई स्विकार्दै उपस्थित सम्पुर्णलाइ सम्बोधन गर्दै महासचिव बिमल बजगाइले स्वागत मन्तब्य दिएका थिए भने लाल ब थापा क्षेत्री को एकल कृति “बगालेका गजलहरु” गजल संग्रहको समिक्षा श्री बालकृष्ण पौडेल द्वारा भएको थियो।

संस्थाका सल्लाहकार बाबुलाल बुढा र कमल साही निर्मल द्वारा समेत सस्था ले गर्दै आईरहेका क्रियाकलाप को बारेमा प्रकाश पार्नु भएको थियो।
साहित्यिक साङ्गितिक कार्यक्रम ले कार्यक्रम लाई निकै रोमान्चक बनाएको थियो विभिन्न अतिथिगणहरु बाट गजलकार लाल बहादुर थापाक्षेत्री लाई तथा “बगालेका गजलहरु” एकल कृतिको सफलताको शुभकामना तथा बधाइ ज्ञापन गर्दै गर्दा साउदिमा रहनु हुने साहित्यिक स्रस्टाहरुले आफ्ना सिर्जनामा गजल, कबिता, गित , मुक्तक, तियली , चुड्किला जस्ता रचना बिचबिचमा समावेश भएका थिए। त्यस्तै गरि बरिष्ठ कलाकारहरुले गितसंगितको माध्यमले कार्यक्रमलाइ थप रौनाक बढाएर सांगीतिकमय बाताबरण सृजना गराएका थिए। त्यस्तै गरि विश्व नेपाली साहित्य महासङ्घ दमाम क्षेत्रीय उपशाखाका अध्यक्ष दिपेन्द्र खड्का सहितको टोलि उपस्थित रहेको थियो र उपस्थित पदाधिकारी द्वारा आफ्ना सृजना प्रस्तुत भएका थिए।

बगालेका गजलहरु बिमोचन कार्यक्रम ” अलमराइ संगित समर्पण र सृजना साँस्कृतिक समुहको बृहत सहकार्यमा सो कार्यक्रम सन्चालित रहेको थियो।
सो कार्यक्रम लाई सफलता पुर्वक सम्पन्न गर्नको लागि विभिन्न सङ्सस्थाहरु सृजना साहित्यिक समूह, अल्मराई सङ्गीत समर्पण , ब्रोदर हेल्प लाईन अफ नेपाल, कार्यक्रम साझा लोक चौतारी तथा डिल्ली सुब्बा /लक्ष्मण कटेल को बिशेष सहयोग रहेको थियो।

बगालेका कृतिको सफलताको सुभकामना दिदै विश्व नेपाली साहित्य महासङ्घ साउदी साखाका अध्यक्ष तथा कार्यक्रम का सभापती बालकृष्ण पौडेल द्वारा सस्थाले गर्दै आईरहेका क्रियाकलाप तथा आगामी क्रियाकलाप को व्याख्या गर्दै उपस्थित सम्पुर्ण धन्यवाद ज्ञापन गर्दै कार्यक्रम को समापन भएको थियो।
स्रोत : पाना खबर





