Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

आइसिटी सम्बन्धि एकदिने कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत

कम्प्यूटर एशोसिशन महासंघ नेपाल (क्यान) ग्रामीण विकास समितिको आयोजना एवम् कम्प्यूटर एशोसिशन महासंघ शाखा सुर्खेत (क्यान, सुर्खेत) को सहयोगमा सुर्खेतमा एकदिने ‘व्यावसायको रुपमा आइसिटी’ कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।


सुर्खेतस्थित विभिन्न सरकारी तथा नीजि विद्यालयमा अध्ययरत करिब ५० जना विद्यार्थीहरुलाई सहभागी गराएर संचालन गरिएको एक दिवसीय गोष्ठीमा विद्यार्थीहरुलाई वेवसाइडदेखि कम्प्यूटर सुरक्षा र साइबर अपराधको बारेमा जानकारी गराइएको थियो ।

यो गोष्ठीको आयोजना पश्चात वास्तवमा आइटी भनेको के हो ? आइटीको प्रयोग, विस्तार र विकासले हाम्रो जीवनमा के कस्तो प्रभाव पार्न सक्छ र त्यसबाट हुने फाइदाहरु के हुन् भन्ने बारेमा जानकारी गराइएको गोष्ठीमा इलाइट बोर्डिङ्ग स्कुलमा अध्ययरत छात्रा प्रमिला बोगटीले भनिन् – अहिलेसम्म आइटी भनेको सुनेका थियौँ तर त्यसको गहिराई सम्म बुझ्ने जुन मौका मिल्यो यसले आइसिटीको क्षेत्रमा केही गर्ने हौसला समेत पाएँ । त्यसैगर िजन उच्च माविमा अध्ययरत सुरेश शाहीले भने– विज्ञानले गरेको सफलता र हामीले प्रयोग गर्नुपर्ने प्रबृधिको बारेमा जुन ज्ञान पाइयो त्यसको लागि आयोजकहरु धन्यवादको पात्र हुनुहुन्छ ।


गोष्ठीमा आइसिटी ग्रामीण विकास समितिका गुणकेशरी प्रधान, क्यान महासंघका सचिव सुनिता (घिमिरे)पाण्डे, डा. बिमल आचार्य, क्यान महासंघका पूर्व उपाध्यक्ष किशोर पन्त, प्रवाश कार्की, रामकिशोर रावल लगायतको उपस्थिति उपस्थिति रहेको थियो ।


कार्यक्रम सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिको प्रमुख आतिथ्यता, कम्प्यूटर एशोसिशन महासंघ शाखा सुर्खेत (क्यान, सुर्खेत) अध्यक्ष पूर्णदेव अधिकारीको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सहजीकरण कम्प्यूटर एशोसिशन महासंघ शाखा सुर्खेत (क्यान, सुर्खेत) सचिव लोकप्रसाद दाहालले गरेका थिए ।