Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

मोती जयन्तीको अवसरमा : तीन स्रष्टा सम्मानीत

सुर्खेत

मध्यपश्चिमाञ्चल गजल मञ्चले १५१ औं मोती जयन्तीसँगै संस्थाको चौथो वार्षिकोत्सव समपन्न गरेको छ ।

Image may contain: 3 people, people sitting and indoor
सुर्खेत क्याम्पस शिक्षाको हलमा एक औपचारिक कार्यक्रम गरी मध्यपश्चिमाञ्चल गजल मञ्चले नेपाली गजलका पिता मोतीराम भट्टको १५१ औं जन्म जयन्ती मनाएको हो । सोही अवसरमा संस्थाले स्थापना गरेको ‘मोती साधना सम्मान’ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका अध्यक्ष महानन्द ढकाललाई प्रदान गरेको छ भने मध्यपश्चिम गजल सम्मान दैलेखका महेन्द्र चन्द महासागर र बर्दियाकी नारी स्रष्टा अञ्जु स्मारिका सिंहलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ले जानकारी दिए ।

संस्थाको वार्षिकोत्सवमा बाँके, बर्दिया, कैलाली, जाजरकोट, दैलेख, कालीकोट, अछाम, दाङ लगायतका जिल्लाहरुबाट गजलकारहरुको उपस्थिति रहेको थियो ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालय मानविकी संकायका डीन एवम् साहित्यकार खोपीराम लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सात दर्जन बढी स्रष्टाहरुले गजल वाचन गरेका थिए । प्रमुख अतिथिको शासनबाट बोल्दै साहित्यकार खोपीराम लम्सालले मोतीराम भट्टको व्यक्तित्वको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रलेश सुर्खेतका अध्यक्ष हरिलाल महतारा, गजलकार विद्या निर्दोष पहाडी, गणेश समिप ढकाल, बिक्रम शिशिर, धर्मेन्द्र अच्यूत, बद्री ढकाल, दिक्पाल रोकाय, मिमराज फडेरा, हुकुम ठिमा धड्कन, करिश्मा आचार्य, भरत रोदन साउद, ऋषि शर्मा सुदामा, महेश कुमार भट्टराइ, आर एस विद्रोही, चक्रदेव शर्मा, कमल लम्साल लगायतको उपस्थिति रहेको थियो ।

?

संस्थाका उपाध्यक्ष सन्देश कठायतले शब्द स्वागत गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ को सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण महासचिव पहल असिम थापाले गरेका थिए ।