Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

मध्यपश्चिममा अविरल वर्षा, दैलेखमा घर भत्किंदा महिलाको ज्यान गयो

दैलेख, भदौ ९

Image may contain: 1 person, crowd, outdoor and food

मध्यपश्चिम भरीका जिल्लाहरुमा गएराती देखि अविरल वर्षा भइरहेको छ । अविरल वर्षाका कारण गए राति घर भत्किंदा दैलेख सदरमुकाममा एक महिलाको ज्यान गएको छ । त्रिभुवन माविको मूलगेट अगाडि गोपालसिंह थापाको घर भत्किंदा उनको घरमा डेरा गरेकी नारायण नगरपालिका–११ विन्ध्यवासिनीकी ४६ वर्षीया दीपा चन्दको ज्यान गएको प्रहरीले जनाएका छ ।

मध्यरातिको समयमा घर भत्किएसंगै महिलाहरु चिच्याएको आवाज सुनेपछि छिमेकी र प्रहरीले ३५ वर्षीया बिन्दू शाही र १२ वर्षकी मीना शाहीलाई घाइते अवस्थामा उद्धार गरी दैलेख जिल्ला अस्पताल पु¥याएका थिए । प्राथमिक उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको डा. शोभित थापाले जानकारी दिनुभयो ।


छोरी मीनाको भाँचिएको हातको उपचार गर्न हिजो मात्र सदरमुकाम आएकी बिन्दूले राति १ बजेतिर तल्लोतलामा च्यारच्यार आवाज सुनेपछि केहीले तर्साएको हो कि भनेर सोधेकी तर दिदी दीपाले होइन होला भनी कुरा गर्दागर्दै एक्कासी घर भत्किएको थियो ।
बिन्दूको ढाडमा चोट लागेको छ भने मीनाको दाहिने खुट्टा भाँचिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर उनीहरुको ज्यान खतरामुक्त रहेको बताइएको छ ।

भत्किएको घरसंगै जोडिएका पुराना अरु ३ वटा घरहरु पनि जोखिममा छन् । बढी जोखिममा परेको रेशम थापाको घरमा भाँडा पसल गरेका कृष्ण अधिकारीको पसलबाट स्थानीयको सहयोगमा सामान झिक्दै गर्दा आज विहानमा मात्र घर भत्किएको छ ।

 

फोटो ः ज्वाला सन्देश र टोप बहादुर बुढाको फेसबुक बाट