संगठन विस्तारमा विवेकशील साझा पार्टी
सुर्खेत ।
विवेकशिल साझा पार्टी अहिले संगठन विस्तारको क्रममा रहेको छ । जस अन्तरगत विवेकशिल साझा पार्टीले सुर्खेत जिल्लाको संयोजकमा ओमदत्त रेग्मीलाई जिम्मेवारी दिएको छ ।

शनिबार वीरेन्द्रनगरमा विवेकशिल साझा पार्टी ६ नम्बर प्रदेशले आयोजना गरेको जिल्ला संयोजक तथा प्रदेश सदस्य घोषणा कार्यक्रममा जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।

प्रदेश सदस्यमा पनि रेग्मीलाई नै तोकेको छ । रेग्मी पुर्व वरिष्ठ इन्जिनियर समेत हुन । कार्यक्रममा प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दाहालले विवेकशिल साझा पार्टींले मात्र मुलुकको विकास गर्न सक्ने दावी गरे । उनले प्रदेशमा साझा पार्टीलाई पहिलो स्थानमा ल्याउन संगठन विस्तारको अभियानलाई तिव्रता दिएको जानकारी समेत दिएका छन् । आफ्नो मन्तव्यको क्रममा बोल्दै दहालले भने – अरु पार्टीहरुले जनतालाई फेस्रा आश्वासन बाँडेर अल्मल्याएको र आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुको भलाई बाहेक केही गर्न सकेनन् । त्यसैले ‘हामी बरु नष्ट हुन्छौ तर भ्रष्ट हुँदैनौ’ भन्ने नारा साथ आएकोले अबका दिनमा सचेत नेपालीहरुले सचेत रुपमै काम गर्ने र विवेकशील साझा पार्टीलाई विश्वास गर्नेछन् ।






