महिला जेसिजको सप्ताहव्यापी कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधिलाइ सम्मान
सुर्खेत महिला जेसीजले आजबाट सप्ताहव्यापी कार्यक्रमको एक कार्यक्रमका बीच उद्घाटन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रमको औपचारिक शुरुवात भएको हो ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडाका वडा अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन शर्तमा सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती, वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतम, वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
आज (१३) गते उद्घाटन भएको कार्यक्रम भदौ १८ गतेसम्म विभिन्न सामाजिक कार्यहरु गरिने सुर्खेत महिला जेसिजले जनाएको छ । जस अन्तर्गत भदौ १४ गते सम्मान कार्यक्रम, रक्तदान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ भने १५ गते नेतृत्व तथा व्यक्तित्व विकास तालिम, १६ गते वीरेन्द्रनगरको गोठीकाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर र १७ गते तुल्सी स्मृती वक्तृत्वकला प्रतियोगिताहरु सञ्चालन गरिनेछ । त्यसैगरी सप्ताह भदौ १८ गते बुलबुले पार्कमा वनभोज सहितको समापन कार्यक्रम गरी सप्ताह सम्पन्न हुनेछ ।

सुर्खेत महिला जेसीज वर्ष २०७१ का अध्यक्ष बसन्ती बस्नेत ‘एकता’ को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव कृति शाक्य गुभाजुले गरेकी थिइन । उद्घाटन कार्यक्रमको संयोजकत्व सन्तोषी सिंहले गरेकी थिइन । त्यसैगरी लाई सम्मान कार्यक्रमको संयोजक कृष्ण भण्डारी, रक्तदान कार्यक्रमको संयोजक गीता श्रीस, अस्पताललाई आवश्यक सामान हस्तान्तरण कार्यक्रमको संयोजक प्रमी शाक्य, नेतृत्व तथा व्यक्तित्व विकास तालिमको संयोजक कविता सेजुवाल(केसी), स्वास्थ्य शिविरको संयोजक सुमित्रा गौतम, तुल्सी स्मृति वक्तृत्वकला प्रतियोगीताको संयोजक यमुना नेपाली, वनभोज कार्यक्रमको संयोजक गीता चालिसे र समापन कार्यक्रमको संयोजक विन्दु रावतलाई तोकिएको छ ।






