Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

सम्बन्धन नियम संगत छ : उपकुलपति प्रा.डा. कोइराला

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न क्याम्पसहरुलाई सम्बन्धन प्रदान गर्ने कार्यको शुरुवात गरेको छ । सम्बन्धनको विषयलाई लिएर विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् भने अर्कोतिर विश्वविद्यालयले गरेका कार्यहरु नीतिसंगत नभएको भनि भएका विरोधहरुको सम्बन्धनमा सत्य तथ्य बाहिर ल्याउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा उपकूलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले अन्य क्याम्पसहरुलाई सम्बन्धन दिने र आंगीक क्याम्पसको रुपमा गरिएका निर्णयहरु नियम संगत भएको जिकिर गरेका छन् ।

मंगलवार वीरेन्द्रनगरमा पत्रकार सम्भेलनको आयोजना गरि सम्वन्धका वारेमा जानकारी दिदै उनले भने – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले, मध्यपश्चिमाञ्चल विश्वविधालय ऐन २०६७ को परिच्छेद ७ दफा १९ र २० मा उल्लेख भएको कुनैपनि क्याम्पसलाई सम्वन्धन प्रदान गर्न सकिने व्यवस्था अनुसार आवश्यक सम्पुर्ण विधि र प्रक्रिया पूरा गरेर सम्वन्धन दिएको जनाएको छ । विश्वविधालयले विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले नयाँ कलेजहरुलाई सम्वन्धन दिन लागेको नभई पहिले नै राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग सम्वन्धन लगेर सञ्चालनमा रहेका कलेजहरुलाई दिएको वताए । उनले विधि, नियम, ऐन, कानुन, विश्वविद्यालयको २० वर्षे दीर्घकालिन रणनीतिभित्रै रहेर सम्वन्धन प्रक्रिया अघि बढाइएको हो ।
‘नाम अनुसारको विश्वविद्यालय बनाउने रणनीति अनुसार हामीले आफ्ना गतिविधिहरु अगाडि बढाएका छौं’ ।उनले थपे, ‘विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमै ख्यातिप्राप्त बनाउने बाहेक अरु कुनै स्वार्थ छैन् ।

उनले सम्वन्धन प्रक्रिया, २० वर्षे दीर्घकालिन रणनीतिलगायतका विषयमा सबै राजनीतिक दल, विद्यार्थी संघ–संगठन, प्रध्यापक संघ–संगठनसँगको छलफल र सहमतिमा तयार पारिएको भन्दै केहीले त्यसलाई असफल पार्ने प्रयास गरिरहेको दोहो¥याए । उनले विश्वविद्यालयले तय गरेको २० वर्षे रणनीतिलाई विभिन्न वाहानमा भ्रामक हल्ला फैलाएर विश्वविधालयलाई फेल गराउने षड्यन्त्र भइरहेको बताए ।

कतिपय निर्णयहरु देखाउँदै उनले भने गोपनीयताको कारणले यी निर्र्णयका प्रतिलिपी पत्रकारहरुलाई दिन सकिदैन । सूचनाको हक अनुसार पत्रकारहरुले प्राप्त गर्न पाउनु पर्ने सूचना समेत गोपनीयताको कारण देखाउदै उनले पत्रकारहरुलाई दिन मानेनन् ।Bottom of Form