अपडेट : क्यान सुर्खेतको अध्यक्षमा चन्द
कम्प्यूटर एशोसियनशन महासंघ (क्यान) सुर्खेत शाखाको पाँचौ साधारण सभा एवम् चौथो अधिवेशनबाट प्रेम प्रकाश चन्द अध्यक्षमा चयन हुनुभएको छन् ।

त्यसैगरी उपाध्यक्षमा दल बहादुर राना सचिवमा तिलक आचार्य सहसचिवमा निलिमा खत्री र कोषाध्यक्षमा मदन कुमार लामीछाने चयन हुनुभएको छन् । त्यसैगरी सदस्यहरुमा जीवन सिंजाली, प्रवाश शाक्य, शुसिल श्रेष्ठ, भीमबहादुर खत्री र लोकेन्द्र गिरी चयन हुनु भएको छ भने निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारी स्वतः पदेन सदस्य रहने विधानमा व्यवस्था भए बमोजिम कार्य समितिको सदस्य रहनुभएको छ ।






