Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

खेलकुद सामग्री सहित विद्यालयलाई एक लाख सहयोग

चिङ्गाड गाउँपालिका–२ रानीवासमा रहेको जनता माविलाई एक लाख रुपैया आर्थिक सहयोग गरिएको छ । नेपाल खेलकुद महासंघ प्रदेश ६ का ईन्जार्च इन्जिनियर प्रदिपकुमार खत्रीले विद्यालयको शैक्षिक विकासका लागि सो रकम सहयोग गर्नुभएको हो । उहाँले एक लाख एक हजार एक सय एघार रुपैयाँका साथै खेलकुद सामग्रीहरु समेत प्रदान गर्नुभएको छ ।


वीरेन्नगरमा पत्रकार सम्मेलन गरेर खत्रीले विद्यालयको खातामा जम्मा हुनेगरी एक लाख एघार हजार एकसय एघार रुपैया सहयोग गरेको जानकारी दिनु भयो ।
२०२९ सालमा प्रावि तहमा स्थापना भएको उक्त विद्यालय निमावि माबि हुँदै चालु आर्थिक वर्षबाट प्लस टु कक्षा शुरु गरेको छ ।


पत्रकार सम्मेलनमा बोल्दै इन्जिनियर प्रदिपकुमार खत्रीले भन्नुभयो – म रानीवासमै जन्मिएको हुँ । त्यसकारणले म जन्मेको ठाउँको विकास गर्न विद्यालयकालाई आर्थिक रकम सहयोग गरेको हुँ । खेलकुद क्षेत्रमै आफू आवद्ध भएकाले त्यहाँका विद्यार्थीहरुलाई खेलकुदमा रुचि जगाउन आगामी दिनमा थप सहयोग गर्नेछु ।
पत्रकार सम्मेलनमा जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर विक, विद्यालयका प्राचार्य विनोद कुमार यादव लगायतको उपस्थिति थियो ।