(एमयू) मा सम्वन्धन रद्द भनि आएको पत्र झुटो : कार्यकारी अध्यक्ष न्यौपाने
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा सम्बन्धन लिने तयारीमा रहेको भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेले केही दिनअघि सम्बन्धन रद्द गर्ने भनि आएको पत्र झुटो भएको वताएका छन् । सत्यतथ्य नवुझेर व्यक्तिगत मनसायले गरिएको भ्रामक हल्ला मात्र भएको उनले वताएका हुन् ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले दुईचार जनाले जवरजस्ती राजीनामा लगाएत, सम्वन्धन खारेज सम्वन्धि पत्र लेखी आफनो चरित्र हत्या गर्न खोजेको उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, ‘कार्यक्रममा वोलाएर जवरजस्त रुपमा सम्वन्धन खारेजको पत्र वनाई आफनो मंजुरी विना सम्वन्धन रद्द भएको अनावश्यक हल्ला चलाए ।’ उनले विना आधिकारिक रुपमा निकालिएको कपोकल्पीत पत्रमा भएका कुराको कुनै औचित्य समेत नरहेको वताएका छन् ।
विश्वविद्यालयको गरिमालाई कमजोर वनाई व्यक्तिगत लाभ लिन चाहने व्यक्तिहरुको मिलेमतोमा हल्ला चलाइएको समेत न्यौपानेले वताए । ‘हामीहरुले मध्यपश्चिमाञ्च विश्वविद्यालयवाट सम्वन्धन लिने कुरामा कुनैपनि समस्या छैन्, झुटो प्रचारवाजि भएकाले आधिकारिक रुपमा विश्वविद्यालयलाई जानकारिपत्र समेत पठाईसकेका छौ, अव केहि दिन भित्रनै अन्य सम्पुर्ण कामहरु अगाडि वढ्छ,’ उनले भने ।
यसैविच इन्जिनियरिङ कलेजका कार्यकारी अध्यक्ष लम्वोदर न्यौपानेले जग्गा प्रकरणमा समेत कलेजलाई वद्नाम वनाउने षड्यन्त्र भएको वताए । प्रमाणको आधारमा रहेर केहीपनि गरिएन् ,उनले भने । व्यक्तिगत स्वार्थमा कलेजको नाम वद्नाम गराउने षड्यन्त्र भएपनि आखिरमा सत्यकोनै जीत हुने उनले वताए ।
जग्गाका वारेमा नेपाल इन्जिनियरिङ कलेजलाई चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान वीर अस्पताल काठमाण्डौले पठाएको पत्र ।







