म.प. वि.वि. का चुनौती र समाधान विषयक अन्तर सम्वाद
रफत सञ्चार क्लबको आयोजनामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय चुनौती र समाधान विषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन मस्त बहादुर गरंङ्जाले विश्वविद्यालयले नीति र विधि सम्मत तरिकाले अन्य क्याम्पसलाई सम्बन्धन दिएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालयलाई विश्वको विश्वविद्यालय बनाउने अभियानमा लागेकोले यसलाई निश्चित क्षेत्रमा मात्रै खुम्च्याएर राख्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो – केही व्यक्तिहरुको स्वार्थ पुरा भएन भन्दैमा विश्वविद्यालयले दिएको सम्बन्धन खारेज हुँदैन । यदि हामीले गरेको काम गलत छ भने वा हामीले अधिकारको दुरुपयोग गरेका छौ भने हामी कठघरामा उभिन पनि तयार छौ र दोषि प्रमाणित भएमा सजाय भोग्न तयार छौ ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियु सभापति झक्क बहादुर शाही, प्रचण्ड पोखरेल, सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा शब्द स्वागत रफत सञ्चार क्लब सुर्खेतका उपाध्यक्ष रमेश पाण्डेले गर्नुभएको भने कार्यक्रम क्लबका अध्यक्ष खगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण सचिव सबिता जिसीले गर्नुभएको थियो ।






