Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

फोटो पत्रकार समूहमा खड्का

सुर्खेत
राष्ट्रिय फोटो पत्रकार समूहको सुर्खेत शाखामा सुशिल खड्का चयन हुनुभएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको हलमा भएको एक औपचारिक कार्यक्रममा खड्काको अध्यक्षतामा ११ सदस्सीय शाखा कार्य समिति चयन भएको हो ।
जसको उपाध्यक्षमा बुद्धि सिंह ठकुरी, सचिवमा मान बहादुर वली, सहसचिवमा खिमबहादुर बुढा र कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन हुनुभएको छ ।

?

त्यसैगरी सदस्यहरुमा डिल प्रसाद शर्मा, पूर्ण बहादुर खड्का, सीता वली, मदन वि.क., यज्ञ बहादुर खत्री र लक्ष्मण सुनार चयन हुनुभएको छ ।

फोटो पत्रकारिताले पर्यटन विकास लगायतका क्षेत्रमा व्यापक प्रचार प्रसार गर्न सक्ने भन्दै पत्रकारहरुको प्रविधिमा समेत टेवा पु¥याउने फोटो पत्रकार समूहले बताएको छ ।