Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

उवासंघद्धारा फलफुल वितरण

असोज ४, सुर्खेत ।

सुर्खेत उद्योग वाणिज्य संघले आज (बुधबार) प्रशान्ति वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकका लागि फलपूmल वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ ।

दोश्रो संविधान दिवसको अवसर पारेर संघले फलपूmल वितरण तथा मप क्षेत्रीय अस्पतालको प्राविधिक सहयोगमा डा. नमोवुद्ध शाक्यले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

हाल आश्रममा बस्दै आएका १० जना ज्येष्ठ नागरिकहरुमध्ये धेरैजसोमा स्वासप्रश्वास, हाडजोर्नी दुख्नेसम्बन्धी समस्या बढि रहेको पाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले संविधानले सम्पूर्ण नागरिकलाई समान अधिकार प्रत्याभूत गरेको जिकिर गर्दै ज्येष्ठ नागरिकप्रति राज्यपनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

घरपरिवार नभएपछि बेसहरा अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले सहारा दिएको उल्लेख गर्दै उहाँले आउँदो दशैंको टीका थाप्न आपूm पुनः वृद्धाश्रममा आउने वचनपनि दिनुभयो ।

यस्तै संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतिले संघले विभिन्न दिवसहरुका अवसरमा विगतदेखि नै सामाजिक कामहरु गर्दै उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

हामीलाई पनि आप्mनै परिवारका सदस्य सम्झिनु होला, कावा अध्यक्ष उप्रेतिले भन्नुभयो, तपाईहरुलाई पर्ने समस्या र आवश्यक्ता पूर्तिका लागि हामी संस्थागत र व्यक्तिगत रुपमापनि सधैं तयार छौं ।

यसैगरी संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु हरेक व्यक्तिका लागि आत्मसम्मान र गौरवका कुरा भएको जिकिर गर्नुभयो ।