Loading... आजः २९ आश्विन २०८३, बिहीबार । Thursday 15th October 2026

राप्रबिसको संयोजकमा बिसी

असोज ३,सुर्खेत ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुर्खेत को भेला भव्य र सभ्य रुपमा सप्पन्न भएको छ। आज भएको भेलाले राप्रबिस को तदर्थ कमिटी गठन गरेको छ । भेला ले रोशन बिसी को नेर्तित्व मा १८ सदस्य कमिटी गठन गरेको हो ।

भेलाले राप्रबिस को संयोजक को जिम्मेवारी रोशन बिसी लाई सर्बसम्मत रुपमा दिएको थियोे।त्यसैगरी संगठन को सह-संयोजक मा तिर्थ अधिकारी,रमेश शाही र बिश्वमित्र उपाध्याय लाई दिएको छ भने संगठन को सचीव मा सुनिता बिक,सह-सचिबमा बिपिन रोकाय र वसन्त महत,कोषाध्यक्ष मा उषा चपाइ र सदस्य हरु मा सन्दिप नेपाली,भिम प्रसाद उपाध्याय,बिमल शाही,हिक्मत शाही,बर्षा थापा,प्रकाश कार्की,रीदेश घताने,मित्रता थापा,दीक्षा शाही,मनोज साही लाई जिम्मेवारी दिएको छ ।

भेला कार्यक्रम राप्रबिस का प्रदेश न.६ का सह-संयोजक एवम् जिल्ला अध्यक्ष प्रेम बिसी ज्यु को अध्यक्षता मा सम्पन्न भएको थियो भने कार्यक्रम मा पार्टी का केन्द्रिय सदस्य तथा प्रदेश संयोजक मुकुन्दश्याम गिरी ज्यु ले प्रमुख अतिथि को रुपमा उपस्थिति रहेको थियो ।त्यसैगरी कार्यक्रम मा पार्टीका जिल्ला अध्यक्ष मान ब. खड्का ,जिल्ला उपाध्यक्ष इश्वर श्रेष्ठ, सचीव जनक शिह,सह-सचिब कमल देव जिसी लगाएत को उपस्थिति मा सम्पन्न भएको थियो ।