हिन्दूराष्ट्र कायम गर्न कसैले रोक्न सक्दैन : राणा
सुर्खेत ।

नेपालमा हिन्दुराष्ट्र कायम गरेरै छोड्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले दावी गरेका छन । जनमत संग्रह गराएरै भएपनि हिन्दुराष्ट्र कायम गर्न पहल थालिने उनले बताए । पार्टीको शुभकामना आदानप्रदान एवम् पार्टीको भातृसंगठन युवक संगठन र युवा मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै सुर्खेतको वीरेन्द्रनगरमा उनले यस्तो बताएका हुन् ।
बाँकेको नेपालगञ्ज उपमहानगर पालिकाका मेयर समेत रहेका डा. राणाले विदेशीको ईशारामा चलेर नेपालका ठुला पार्टीले सनातनदेखि चल्दै आएको हिन्दु धर्मलाई संकटमा पार्न खोजेको उनले आरोप समेत लगाए । डा. राणाले केहि महिना पछि निश्चित रुपमा हिन्दुराष्ट्रको नारा लिएर कडा आन्दोलनमा उत्रने तयारी भएको जानकारी बताउँदै देश नै ठप्प पारेर भएपनि हिन्दुराष्ट्र कायम गराउन दवादमुलक आन्दोलन गर्ने पार्टीको योजना रहेको बताए ।
डा. राणाले आफनो पार्टीले उठाएको राष्ट्रवादी मुल्य, मान्यता र एजेन्डालाई विदेशी माफियाहरुले धस्त पार्न खोजिरहेको तर्फ संकेत गर्दै सम्पुर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । फरक प्रसंगमा राणाले नेपालका अन्य ठुला पार्टीहरुले आफुहरुलाई कमजोर बनाउन एकिकरण भएको २ महिनामै राष्ट्रिय प्रजातान्त्र पार्टी टुक्रयाउन ठुलो भुमिका खेलेको समेत आरोप लगाए । साथै भेलाको प्रमुख अतिथिको आशनबाट बोल्दै महामन्त्री डा. राणाले भने – पार्टीको सिद्धान्तलाई हतियार बनाएर जनताको सेवामा लाग्नु पर्छ अनि मात्र राजनीतिक सफलता पाइन्छ । जनताको सेवक बन्न नसक्नेहरु शासक बनेको अनुभव गर्छन पछि सत्यता के हो भन्ने कुरा जनताले फैसला गर्दछन् । देशमा भएका युवाहरु रोजगारीको अभावले खाडिमा गएको र उनीहरुले अर्काको देश निर्माण गर्ने तर आफ्नो देशमा हरेक तह र तप्कामा युवाहरुको खाँचो पर्ने तर्फ औल्याउँदै महामन्त्री राणाले भने – अब युवक संगठन र युवा मोर्चा तपाईहरुको माझमा आएको छ । त्यसैले यो देशको युवाको हो र युवा विना कुनै पनि विकास निर्माणका कार्यको सम्भव छैन त्यसैले युवक संगठन र युवा मोर्चा मार्फत देश विकासमा जुट्न युवाहरुलाई आव्हान गर्दछु । उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं ६ का संयोजक मुकुन्दश्याम गिरीले यो देशको राष्ट्रवादी शक्ति आफनो पार्टी मात्रै भएको उल्लेख गर्दै जनतालाई आफुहरुका एजेण्डा बुझाउनु पर्ने बताए । साथै गिरीले शुभकामना मन्तव्यमा भने – पार्टीका कुनै पनि कार्यकर्ताहरु विचलित नभएको र हिन्दू राष्ट्र स्थापनाका लागि सबैले संगठन विस्तारसँगै जनतालाई सुसचित पार्ने अभियानमा लाग्नु पर्ने आयो ।

यसै वीच राप्रपा सुर्खेतले युवा मोर्चाको संगठन विस्तार समेत गरेको छ । जसमा युवा मोर्चा सुर्खेतको संयोजकमा लोकजंग रोकाय, युवक संगठन सुर्खेतको सहसंयोजकमा राजन गिरीलाई जिम्मेवारी समेत तोकिएको छ ।
कार्यक्रममा राप्रपा प्रदेश नम्वर छ का युवा संयोजक सन्तोषी शाही, केन्द्रिय सदस्य बंशीराज देवकोटा लगायतको उपस्थिति रहेको थियो ।






