Loading... आजः १५ बैशाख २०८१, शनिबार । Saturday 27th April 2024

म्यानमारमा हिन्दु धर्मावलीको सामूहिक चिहान

९ असोज, नयाँदिल्ली । म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान फेला परेको सरकारले बताएको छ ।

 

२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ ।

उक्त सरकारी दाबीको स्वतन्त्र पुष्टी भएको छैन । किनभने, रखाइन प्रान्तमा सेनाले बाहिरका बासिन्दालाई प्रवेश निषेध गरेको छ ।

दशकौंदेखि अत्याचार खेपिरहेको रोहिंग्या समुदायका अतिवादी विचारधाराका युवाले खडा गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेको थियो । त्यसयता उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।

उक्त सैनिक अभियानलाई संयुक्त राष्ट्रसंघले ‘जातीय हिंसा’को संज्ञा दिएको छ । सैनिक बर्बरताबाट बच्न उक्त प्रान्तमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिम समुदायका चार लाख ४० हजारभन्दा बढी भागेर बंगलादेश पुगेका छन् ।

अनलाइन खबरबाट