वडासचिव हकहितको संयोजकमा अधिकारी
सुर्खेत । स्थानीय तह वडा सचिव हकहित संरक्षण केन्द्र सुर्खेतको तदर्थ समितिको संयोजकमा तिलकराम अधिकारी चयन भएका छन् । जिल्लाभरीका वडा सचिवहरुको आइतबार वीरेन्द्रनगरमा भएको भेलाले अधिकारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
त्यसैगरी समितिको सदस्यमा लेखबेसीका तिकलराम आचार्य, पञ्चपुरीका चुडामणि कँडेल, चौकुनेका मिनबहादुर भण्डारी, बराहतालका आन्नदप्रसाद चपाई, सिम्ताका थिरबहादुर सुनार, भेरीगंगाका पिताम्वर पौडेल, गुर्भाकोटका ठगेन्द्र खत्री, चिङ्गाढका विष्णु बुढा र वीरेन्द्रनगर नगरपालिकाबाट नवराज शर्मा तथा गीता चपाई चयन भएका छन् ।






