Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

क्रियाशील पत्रकारको साधारण सभा सम्पन्न : सेजुवाललाई सम्मान

सुर्खेत, ९


पूर्व मन्त्रि हृदयराम थानीले प्रदेश नंम्बर ६ को बिकास र सम्बृद्धिका लागी पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । क्रियाशिल पत्रकार मञ्चले सुर्खेतको सातौ वार्षिक साधारण सभामा उनलेयस्तो बताए । उनले ६ नंम्बर प्रदेशमा रहेका पत्रकारको कलमको ताकतले गर्दा प्रदेश स्थापना भएको बताए । सुर्खेत क्षेत्र नंम्बर २ का सांसदसमेत रहेका थानीले यस प्रदेशको स्थापनाको गर्दा सांसदवाट राजीनामा समेत दिन तयार रहेको स्मरण गर्दै अब सम्बृद्धिको मार्ग प्रशस्त गर्न तत्पर रहेको बताए । देशमा भएका ठुलठुला परिवर्तन पत्रकारहरुको कलमका कारण भएको बताउँदै आफु मन्त्रि हुदा पनि पत्रकारकै सहयोगमा सहकारी ऐन पास गराउँन सफल भएको स्पष्ट पारे ।

सबै भन्दा गरीबीको रेखामूनि रहेको यस प्रदेशको बिकासका लागी पत्रकारले चाल्ने भूमिकामा आफु साथ दिन तयार रहेको उनले प्रतिबद्धता बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाललाई सम्मान

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवाललाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै उनले राजनीतिक स्थायीत्व र नयाँ संरचनाको बिकासका लागी पत्रकारले कलम चलाउँनु पर्नेमा जोड दिए ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कबिन्द्रकूमार केसीले पत्रकारहरुले जनप्रतिनिधिलाई जिम्मेवार तथा उत्तरदायि बनाउँने तरीकाले कलम चलाएमा बिकासले गति लिने बताए । यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले जनप्रतिनिधिहरुले संचार माध्यामलाई बिकासको संबाहकका रुपमा बुझन नसकेको गुनासो गर्दै संचारका क्षेत्रमा बजेट छुट्याउँन माग गरे । साधारण सभा क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष ललित बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको हो ।