राप्रपाको क्षेत्रीय सभा सम्पन्न
सुर्खेत, ९ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर १ को क्षेत्रीय भेला सम्पन्न भएको छ । क्षेत्र नम्बर १ का अध्यक्ष कर्णबहादुर शाहीको अध्यक्षतामा भेला भएको हो । भेलामा ६ नम्बर प्रदेशका संयोजक मुकुन्दश्याम गिरीले प्रदेश र संघीय सभाको निर्वाचनका दिन धर्म निरपेक्षता पुण सनातन हिन्दु राष्टका लागि जनमत सं्रगह गरिने बताए ।
जनताले अनुमोदन नगरेको धर्म निपेक्षता मान्न राप्रपा तयार नभएको भन्दै हिन्दु राष्ट्र नेपाल निर्माण गर्न दबाब दिन असोज २३गते देशभर जुलुश प्रर्दशन गर्ने बताए । यस्तै, हिन्दु राष्ट्र कायम गर्न सरकारलाई बदाब दिन प्रुमख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउने राप्रपाको कार्यक्रम रहेको छ । संघीय संरचनाअनुसार क्षेत्र निर्धारण भएसँगै क्षेत्र नम्बर १ मा मानबहादुर खरालको अध्यक्षतामा १७ सदस्यिय तदर्थ समिति गठन गरिएको छ ।
राप्रपाले यहि असोज १८ गते भित्र संघ र प्रदेश सभाकाको निर्वाचनका लागि केन्द्रमा पठाउने जनाएको छ । भेलामा केन्द्रिय सदस्य भरतप्रसाद ढकाल, भद्रबहादुर शाहीलगायत जिल्लास्थित नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।






