Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

सुर्खेतमा यसरि भित्र्याइयो फूलपाती

आश्विन ११, – आश्विन शुक्ल सप्तमीका अवसरमा वुधवार सुर्खेत जिल्ला प्रशासन कार्यालयको दशैं घरमा भब्य रुपमा पुजाआजा गरी फूलपाती भि¥याईयो । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भि¥याउने कार्य गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले विशेष पुजाआजा गरी फुलपाती भि¥याईएको हो । फुलपातीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विशेष तोप समेत दिएका थिए ।
फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भि¥याउने चलन छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।