Loading... आजः २६ कार्तिक २०८२, मंगलवार । Tuesday 11th November 2025
ताजा खबर
  

बासुदेव मुनालको निधन

काठमाडौं । रेडियो प्रस्तोता एवम् गायक बासुदेव मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ । उनी घाँटीको क्यान्सर रोगबाट पीडित थिए ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मुनालको निधन भएको रेडियो नेपालका उपनिर्देशक एवम् संगीतकार टीका भण्डारीले जानकारी दिए ।

बिराटनगरमा विक्रम संवत् ००६ सालमा जन्मिएका मुनालले रेडियो नेपालमा करिब ४ दशक काम गरेका थिए । २०२९ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए उनी । रेडियो नेपालको बाल कार्यक्रमको प्रस्तुतीले उनलाई निकै चर्चित बनायो ।

‘आऊ मेरा प्यारा प्यारा भाइ बहिनी हो, रेडियो नजिक आऊ…’ भनेर सुरु हुने बाल कार्यक्रमबाट उनले धेरैको मन जितेका थिए ।

उनले थुप्रै लोक शैलीका गीतहरु गाएका पनि छन् । लालुपाते फुलेर लाल भयो, झमझम इस्टकोट लगायतका धेरै गीतहरु चर्चित छन् ।

६ वर्ष अघि मस्तिष्क घात भएपछि बासुदेव मुनालले रेडियो नेपालबाट अवकास लिएका थिए ।

एउटा अध्यययको पटाक्षेप

रेडियो नेपालको बाल कार्यक्रम सुनेर हुर्किएको एउटा पुस्ताको कानमा मुनालको स्वर अझै गुञ्जिन्छ । उनले ३१ वर्ष अविच्छिन्न बाल कार्यक्रम सञ्चालन गरेका थिए । र, त्यसैबाट लोकपि्रय पनि बने ।

ब्रेन ह्याम्रेज भएर ढलेपछि उनी थलिएका थिए । र, उनको बाल कार्यक्रमले पनि त्यही बेलादेखि विश्राम लियो ।

उनले ०३० सालमा रेडियो नेपालमा जागिर थालेका थिए । तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल उनको गीतबाट प्रभावित भएपछि जागिर पक्का भएको थियो । रेडियो नेपाल प्रवेशसँगै बाल कार्यक्रम सञ्चालन गर्न थाले, जुन उनी नढलुञ्जेल अति लोकपि्रय थियो । साँझपख उनको आवाज सुन्न बालबालिका आतुर हुन्थे ।

यद्यपि, रेडियो नेपाल प्रवेश गर्नुको उनको उद्देश्य कार्यक्रम सञ्चालक नभई गायक बन्नु थियो । उनले ७५ वटा बालगीति नाटक, २० वटा लोक गीत र ११ वटा राष्ट्रिय गीतमा स्वर दिएका छन् ।