Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

निर्माण व्यवसायी महास‌ंघका अध्यक्ष गौचनको गोली हानी हत्या

काठमाडौँ

असोज २३, २०७४ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौँमा गोली हानी हत्या गरिएको छ। सोमबार काठमाडौँको शान्तिनगरस्थित खरिबोटमा आफ्नै बा१३च ४९४८ नम्बरको ल्याण्डक्रुजर गाडीमा सवार रहेका बेला उनलाई अज्ञात व्यक्तिले गोली हानेको महानगरीय प्रहरी प्रभाग शान्तिनगरले जानकारी दिएको छ।

गाडीको अगाडिको सिटमा बसेका गौचनलाई दुईवटा गोली पेटमा लागेका थिए। गोली लागेलगत्तै नजिकै रहेको सिभलि हस्पिटलमा उपचारार्थ लगिए पनि दिउँसो ३ः२६ मा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।