Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

पूर्णिमाको रचना वाचन कार्यक्रम सम्पन्न । 

बाँके
२३ असोज २०७२ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । दरबारदेखि मस्जिद , मस्जिद हुदै मन्दिर अनि जनसरोकारका विषयवस्तु उठान गर्ने भैसकेको यस बिधामा अझै केही गर्न बाँकी छ भन्दै डा घनश्याम न्यौपाने परिश्रमीले अबको पुस्ता यसको लागि तयार हुन लागेको पनि जनाउनुभयो ।

Image may contain: 13 people, people smiling, people standing

कार्यक्रमका सभापति महानन्द ढकाल,पूर्णिमा पत्रिकाका प्रधानसम्पादक सागर गैरे र कर्णाली साहित्य कला मञ्चका अध्यक्ष निर्मोही संकल्प ज्यूले पूर्णिमाले साहित्य कला र संस्कृतिका लागि उल्लेखनीय कार्य गरेको बताउनु भएको थियो ।कार्यक्रम सहजीकरण केशव निमेशले गर्नु भयो। महानन्द ढकाल, घनश्याम परिश्रमी, निर्मोही संकल्प , बद्री ढकाल हिरामणि, शान्ति अधिकारी, तिलक बि शि, नमिता बराल, बेगम थापा निष्चल, बिक्रम शिशिर लगायतका श्रष्टाहरुले रचना वाचन गर्नु भएको थियो कार्यक्रममा दुई दर्जन बढी साहित्यकारहरुको उपस्थिति थियो ।