Loading... आजः १३ आश्विन २०८३, मंगलवार । Tuesday 29th September 2026

अध्यक्ष गौचनका हत्यारालाई तत्काल कार्बाहीको माग साहित ज्ञापन पत्र

 सुर्खेत, २६ असोज ।

नेपाल निर्माण व्यावसाय महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको विरोध सहित दोषिलाई तत्काल कार्बाहीको माग गर्दै नेपाल निर्माण व्यावसाय एकता समाज सुर्खेतले बिहिवार सुर्खेतका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

हत्याको धोर भत्र्सना तथा निन्दा गर्दै हत्यारा पत्ता लगाई कडा भन्दा कडा सजायको माग सहित सम्पुर्ण व्यावसायीहरुको सुरक्षाको ग्यारेन्टी गरिदिन समेत सुर्खेतका निर्माण व्यावसाय हरुले माग गरेका छन । ज्ञापन पत्र बुझ्दै सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा उक्त ज्ञापन पत्र बुझाईने बताए । असोज २३ गते आफनो निवास बाट कार्यलय तर्फ जाने क्रममा काठमान्डौको शान्तीनगर स्थित अज्ञात समुहको गोली प्रहार बाट नेपाल निमार्ण व्यावसाय संघका अध्यक्ष शरद कुमार गौचनको मृत्यु भएको थियो ।