लागु औषध कारोबारी पक्राउ
सुर्खेत
सुर्खेत प्रहरीले लाटिकोइली मिलनचोकबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको गस्तीले मिलनचौक बाटोमा हिड्दै गरेको अवस्थामा पकेटमा लुकाइराखेको १ सय १० मिलीग्राम ब्राउन सुगर सहित चन्द्रबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।साँझ को समयमा उनि पकाउ परेको प्रहरीले जनाएको छ |
लाटिकोइली मिलन चौक नै बसोबास गर्ने बुढामगरलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो । सुर्खेतमा लागु औषध कारोबारी र प्रयोगकर्ताको संख्य बढ्दै गएको र अनुसन्धान समेत बढाइरहेको प्रहरीले जनाएको छ ।






