Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

व्यङ्ग्य – घ्वाच्च घोच्यो

देखियो हजुर देखियो बाम एकता गरेको पनि देखियो । ठाम एकता गरेको पनि देखियो । काम एकता गरेको पनि देखियो । भए नभएका गाउँ विकास समितिलाई एकै ठाउँमा कच्याक्क कुचुक्क पारेर गाम एकता गरेको पनि देखियो । अन्तमा जसरी हुन्छ बाँडीचुँडी खाम एकता गरेको पनि देखियो । उहिले विपीले समाजवादको नारा लगाए त्यसपछिका काँग्रेसीहरुले स–मा–ज–वा–द को नारा लगाएको पनि देखियो । कसैले जबज ल्याए कसैले जबरजस्ती ल्याए । अचम्मको छ यो देशको राजनीति पनि भएन भनोर अहिले फेरी कता जाम जाम भएकाहरुलाई एकै ठाममा ल्याएर ए–कता गर्ने खेलोमेलो गरेर फेरि दुनियाँ चकित पार्ने काम भयो । लु खतम ।

गरे एकता गरे । सम्झौता गरे । सहमति गरे । भागबण्डा गरे । अनि उम्मेदवारहरुको छनोट गरे । सारा बाम एक भएर देश र जनताको घैटोमा घाम लगाउने काम गरे । नेपाल कृषि प्रधान देश भएकोले घामको वीचमा हसियाँ हथौडा राख्ने काम पनि गरे । तर अहिलेसम्म नाम के राख्ने भन्ने गर्न सकेका छैनन् । कम्यूनिष्ट भन्ने बित्तिकै टुक्रिने हो, फुट्ने हो, लुट्ने हो, जनता कुट्ने हो भन्ने उहिलेको यथार्थलाई क्रमभंग गर्दै अब जुट्ने हो भन्नेसम्म पुगे । तर फेरि कहिले कसले के भाँजो हाल्ने हो र यिनीहरुको लुट कार्यकर्ता लुटमा परिणत भएर गुट बन्छ अनि फेरि पटट्ट्ट्ट पट्किन्छन् । त्यसपछि फेरि यिनीहरुसँग जनता भड्किन्छन् । लु खतम ।

एउटा काम चाँही यिनीहरुले राम्रो गरे है । जम्बो मन्त्री मण्डलको निर्माण गर्न लगाएर राजाा पालामा असक्षम भएका शेर बहादुर देउवालाई पुनः असक्षममा पु¥याउने खेल चैँ राम्रैसँग खेले । मान्नु पर्छ हो मान्नु पर्छ प्रचण्डलाई मान्नुपर्छ । हिजो आफ्नै टाउकोको ोल तोक्नेलाई प्रधानमन्त्री बनाई फेरि अक्षमताको बिल्ला भिराउने जुन कार्य भयो त्यसको लागि उनलाई मान्नै पर्छ । लु खतम ।

आफैले प्रस्ताव गरेको प्रधानमन्त्रीका विरुद्ध आफै अविश्वासको प्रस्ताव गर्ने प्रचण्ड साँच्चिकै राजनीतिक खेलाडी हुन् । हिजाका दिनमा आफैसँग जनयुद्धा लडेका डाक्टर साहेबलाई कसरी सफल अवतरण गर्ने र गराउने योजनामा पनि सफल भए । विचरा भाङ खाउ कि धतुरो खाउ भन्ने भएका बाबुराम सजिलै ठेगाना लागे । हिजो एमाले र माओवादी कम्यूनिष्ट नै होइनन् भन्ने बाबुराम पनि एकतामा गएपछि यिनीहरुले बाम एकता गरे कि दाम एकता गरे भन्नेहरुको पनि कमी छैन । लु खतम ।

अर्काको देखासिकी गर्नेमा सबै भन्दा भारत पहिलो नम्बरमा पर्छ । यसपालि भारत पनि चकित परेको छ रे । बामहरुको एकताको देखासिकी गरे अब कता जाम जाम भएकाहरु पनि लोकतान्त्रिक समूहको नाम दिएर एकतातिर लागे । यिनका मोटा बुद्धि । भारतको शरणमा जानुका सट्टा एकता तिर पो लागे । फेरि हिजो देउवाले पार्टी फुटाए झैँ पुनः यो काङरेस भन्ने पनि कुखुराको अण्डा फुटे झैँ कहिले फुट्ने हो भन्ने एकजना बयोबृद्ध काँग्रेसी नेताले चियापसलमा चिन्ता गरिरहेको देखेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ