Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

निर्वाचनमा पैसाको चलखेल नहुने, अन्तरघातको सम्भावना र बाम बलियो

 नेपालगन्ज ११ कार्तिक ।

मंसिर २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको प्रजातान्त्रिक र बाम गठबन्धनले उम्मेhदवार छनौट गर्ने कार्यमै रहेको बेला अहिलेदेखि नै घात अन्तरघातको कुरा बाहिर आउन थालेको छ । मंसिर २१ गतो हुने निर्वाचनमा मुख्यत बाँके क्षेत्र नं. २, सल्यान र दैलेखलाई मूख्य रूपमा केन्द्रित बनाइएको जिल्ला अन्तरगत प्रजातान्त्रिक समूहभित्र बाँके क्षेत्र नं. २ र सल्यानमा बढी अन्तरघातको सम्भावना देखिएको छ । बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली काँग्रेस र राप्रपाबीचको तालमेलमा सम्भवत राप्रपालाई टिकट दिने सहमती भएपनि राप्रपा बाँकेभित्र अन्तरघातको चर्को विवाद उत्पन्न हुन थालेको छ । राप्रपा बाँके क्षेत्र नं. २ अन्तरगत नगर क्षेत्र र डुडुवा गाउँपालिका क्षेत्र लगायत जिल्ला कार्यसमितिका उपाध्यक्ष, सचिवका साथै उम्मेदवार बन्न चाहने अधिकांशले गौरब चन्दको नाम अगाडी सारेता पनि राप्रपाका महामन्त्री डा. धवल सम्शेर राणाले ओमप्रकाश आजादको लागि केन्द्रमा विशेष पहल गरिएकोले विरोध आउन थालिएको छ ।

डा. राणाको विशेष पहलका कारण उम्मेदवार आजादले टिकट पाउने कुरा करिब करिब पक्का जस्तो भएको बताइएको छ। आजको विरोधले निर्वाचनको बेलापूर्ण रूपमा अन्तरघात हुने विषयमा अधिकांश नेता तथा कार्यकर्ताहरू अहिले चर्को स्वरमा एक मत देखिएका छन् । राप्रपा बाँकेका अधिकांश नेता तथा कार्यकर्ताले ‘राप्रपाको जित सुनिश्चित गर्नको लागि स्थानीय भन्दा केन्द्र स्तरको नेतालाई अघि सारे अन्तरघात नहुने’ कुरामा समेत एक मत देखिएका छन् । यसैगरी बाँके क्षेत्र नं. २ को क र ख प्रदेशमा नेपाली काँग्रेसले उम्मेदवार छनौट नगरिएकोले अहिले नै अन्तरघात हुने नहुने कुरा बाहिर आउन नसकेको स्थिती देखा परेको छ । नेपाली काँग्रेस र राप्रपाबीचको तालमेलमा सल्यान जिल्लाको २ नम्बर प्रदेशलाई अहिले प्रदेश नं. ६ मा विशेष रूपमा हेर्न थालिएको छ ।

सल्यान जिल्लाको २ नम्बर प्रदेशमा प्रजातान्त्रिक र बाम समूहबीचका उम्मेदवारहरुको टन्न पैसा खर्च हुने सम्भावना समेत बढन थालिएको छ । सल्यान जिल्लाको २ नम्बर प्रदेशमा राप्रपाको तर्फबाट विशेष दबावका कारण उम्मेदवार राजेन्द्र बिर राईले टिकट पाउने हल्ला सँगै नेपाली काँग्रेस सल्यानभित्र अन्तरघात हुन सक्ने बढी सम्भावना देखिएको छ । अराजनैतिक व्यक्ति उम्मेदवार राई पैसाको बलमा निर्वाचनमा होम्मिन थालेकाले नेपाली काँग्रेस र बाम समूह लगायत अधिकांश स्थानिय अहिले रूष्ट देखिएका छन् । स्थानिय निर्वाचनमा चौथो पोजिशनमा आएको राप्रपाले टिकटको दाबी गर्ने लगायत अराजनैतिक व्यक्तिलाई पैसाको ध्वाँसमा अघि सारिएको कारण अहिले निकै विवाद उत्पन्न सुरु हुन थालेको देखिएको छ ।

सल्यान जिल्लाको २ नम्बर प्रदेशमा राप्रपाका उम्मेदवार राईले निर्वाचनमा ५ करोड खर्च गर्ने हल्लासँगै ५ अरब खर्च गरेपनि कुनै हालतमा जित्न नसक्ने कुरा अहिले विभिन्न राजनीतिक पार्टी लगायत सल्यानका बुद्धिजिवीले दाबी समेत गर्न थालेको भेटिएको छ । राप्रपा एकीकरण पश्चात भएको महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भएका राजेन्द्र बिर राईलाई आन्तरिक तालमेलमा पुनः गोप्य रूपमा केन्द्रिय सदस्यमा मनोनित गरी धेरै पछि मात्र निर्वाचन आयोगमा समूहअन्तरगत नाम पठाएको एक केन्द्रिय स्तरका नेताले टेलिफोनमा कुरा गर्दै भने–‘पत्रकारलाई यो एउटा मसला मात्रै हो, निर्वाचन नजिक आउन दिनोस, राईले टिकट पाए अन्य जानकारी प्रमाण सहित दिनेछौं .’ नेपालगन्जमा कर्णाली विकास बैंक लिमिटेड स्थापना गरी बसेका राजेन्द्र बिर राय बैकिंङ्ग तथा व्यापारको लागि अधिकांश समय बाँके र भारतमा बिताउने र निर्वाचनको बेला सल्यान जिल्ला जाने भएका तथा आफ्नो स्वार्थ पुरा नभए विभिन्न राजनीतिक पार्टीमा प्रवेश गर्ने दिनचर्या समेत भइसकेकोले सल्यान जिल्लाका अधिकांश मतदाताले उनलाई नचिनेको समेत बताइएको छ . मंसिर २१ गते हुने निर्वाचनमा पैसाको बलमा राईले टिकट पाए करिब आधा दर्जनलाई विशेष आर्थिक फाइदा पुग्न सक्ने आंकलन गर्न थालिएको छ ।

स्थानिय निर्वाचनमा सल्यान जिल्लाको २ नम्बर प्रदेशमा बाम गठबन्धन प्रजातान्त्रिक समूहभन्दा करिब ४ हजार बढीको मतले अगाडि रहेको र राप्रपाका उम्मेदवार राईले टिकट पाए आन्तरिक अन्तरघातले ७ हजार भन्दा बढी मतले अगाडी हुन सक्ने अनुमान लगाउन थालिएको छ । त्यस्तै गरी स्थानिय निर्वाचनमा दैलेख जिल्लामा राप्रपाले करिब २ हजार मत पाएको भएपनि प्रजातान्त्रिक समूहबाट उम्मेदवार हुन लागेकी राप्रपाकी राज्यमन्त्री कुन्ती शाही अहिले बलियो उम्मेदवारको रूपमा अगाडि बढ्न थालेको बताइएको छ । चुनावी दौडाहामा केही दिनपुर्व जिल्ला पुगी संगठन बलियो बनाउनेदेखि लिएर जनतामाझ भिज्न सफल भएकी तथा केही दिनमैं पुनः जिल्लाको दौडाहामा गई मतदाताबीच भिज्न दैलेख जान लागेको स्रोतले जनाएको छ ।

राप्रपा केन्द्रमा राज्यमन्त्री शाहीले बलियो पकड भएको कारण पनि भोलिका दिन दैलेख जिल्लाबाट निर्वाचित भए मन्त्री हुन सक्ने लगायत जिल्लाको विकासमा साथै स्थानियले विभिन्न कठिनाईबाट राहत पाउने आशामा उम्मेदवार शाहीलाई समर्थन जुटाउने तर्फ अहिले एक मत देखिन थालेको छ भने दैलेख जिल्लामा प्रजातान्त्रिक समूहका उम्मेदवारबीच कुनै अन्तरघातको सम्भावना नरहेको पाइएको छ । दैलेख जिल्लामा राज्यमन्त्री शाही चर्चामा आउन थालेपछि सल्यान जिल्लाको २ नम्बर प्रदेशमा राईको चर्को विरोध भएको कारण अहिले राप्रपा सल्यानका केहीले राज्यमन्त्री शाही निर्वाचनमा जित हासिल गर्ने बिषयमा समेत प्रश्न वाचक चिन्ह खडा गर्न थालिएको भेटिएको छ ।